बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

‘कसौटी जिन्दगी के’ मा शाहरुख खानको इन्ट्रि, यो भूमिकामा देखिनेछन्

सोमबार, २८ साउन २०७५, १० : ४९
सोमबार, २८ साउन २०७५

टेलिभिजनका दर्शक कसौटी जिन्दगीको दोस्रो संस्करणका लागि पहिले नै उत्साहित छन्, अब यसमा बलिउडका बादशाह भनिने शाहरुखको पनि भूमिका हुन्छ भन्ने खबरले दर्शक यो श्रृङ्खलाको व्यग्र प्रतिक्षामा छन् ।

खबरका अनुसार चाँडै नै प्रसारणमा आउन लागेको यो श्रृङ्खलामा शाहरुख खानको पनि भूमिका हुनेछ । यदि यो खबर साँचो हो भने शाहरुख करिब ३० वर्षपछि कुनै टेलिभिजन सिरियलमा फिर्ता हुँदैछन् ।

पिंकविल्ला वेबसाइटको रिपोर्ट अनुसार शाहरुखको यो श्रृङ्खलामा कथावाचक हुनेछन् जसले अनुराग र प्रेरणालाई दर्शकसामू परिचित गराउनेछन् ।

सा्रेतलाई उद्धृत गर्दै पिंकभिल्ला भन्छ, ‘शाहरुख खानले श्रृङ्खलाको पहिलो तीन एपिसोडमा मुख्य पात्रको परिचय दिनेछन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप