९ महिनापछि ओलीको राजीनामा राजपत्रमा
बुधबार, २७ जेठ २०८३, १३ : ००
सारांश
- ९ महिनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा राजपत्रमा प्रकाशित भएको छ ।
- जेठ २५ गतेको सूचनाको रिफरेन्स नम्बर २६३७३ थियो भने बुधबार प्रकाशित सूचनाको रिफरेन्स नम्बर २६३७४ रहेको छ ।
- राष्ट्रपति कार्यालयका तत्कालीन सचिव दीपक काफ्लेको नाममा उक्त राजीनामाको सूचना राजपत्रमा प्रकाशित भएको हो ।
काठमाडौँ । जेनजी आन्दोलनका कारण राजीनामा दिएको ९ महिनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा राजपत्रमा प्रकाशित भएको छ ।
भदौ २४ गते उनले दिएको राजीनामा मुद्रण विभागले बुधबार उक्त सूचना नेपाल राजपत्रमा प्रकाशित गरेको हो । उक्त प्रकाशनको रिफरेन्स नम्बर २६३७४ रहेको छ । जबकि जेठ २५ गते प्रकाशित सूचनाको रिफरेन्स नम्बर २६३७३ रहेको थियो ।
यद्यपि, राजपत्रको मिति भने भदौ २४ गतेकै राखिएको छ । राष्ट्रपति कार्यालयका तत्कालीन सचिव दीपक काफ्लेको नाममा उक्त राजीनामाको सूचना राजपत्रमा प्रकाशित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण