कपिल शर्मा चाँडै नै टेलिभिजनमा फिर्ती हुँदै, के हो नयाँ प्रोजेक्ट ?
सोमबार, २८ साउन २०७५, १३ : ०३
कमेडियन किंग भनिने कपिल शर्मा लाइमलाइटबाट टाढा छन् । पछिल्ला थुप्रै दिनदेखि कपिल शर्माबारे कुनै खोज खबर थिएन । यद्यपी, बीचबीचमा उनका केही तस्बिर सोसल मिडियामा आउने गरेको छ । मिडिया रिपोर्ट अनुसार कपिल शर्मा अक्टोबरबाट टेलिभिजनमा फिर्ती हुँदैछन् ।
डीएनएको रिपोर्ट अनुसार ग्रिसमा प्रेमिका गिन्नीसँग बिदा मनाइरहेका कपिल शर्मा चाँडै नै फिर्ता हुने योजनामा छन् ।
कपिलको आजकाल अत्यधिक तौल बढेको छ । यो कम गर्नका लागि उनले चाँडै नै ट्रेनरको सहयोग लिने बताइएको छ ।
सोसल मिडियामा प्रशंसकसँग च्याट गर्ने क्रममा कपिलले आफू चाँडै नै कमब्याक गर्ने बताएका थिए र अहिले आफ्नो रुटिन ठिक गर्ने कोसिस गरिरहेको पनि बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण