'सीमा क्षेत्रको बाटोलाई सरकारले बजेट दिएन'
बिहीबार, २८ जेठ २०८३, १२ : ४२
सारांश
- दार्चुलाका सांसद गणेश ठगुन्नाले सीमा क्षेत्रको बाटोका लागि सरकारले पर्याप्त बजेट नछुट्याएको बताएका छन् ।
- उनले लिपुलेक, कालापानी समेटिएको जिल्लाका लागि बजेट कम भएको भन्दै सरकारले दिने भनिएको विशेष प्राथमिकतामाथि प्रश्न उठाएका छन् ।
- सांसद ठगुन्नाले दुर्गम हिमाली र पहाडी जिल्लालाई बजेटले सधैँ वञ्चित गरिरहेको र आगामी बजेटले पनि सोही निरन्तरता दिएको बताएका छन् ।
काठमाडौँ । दार्चुलाबाट निर्वाचित एमाले सांसद गणेश ठगुन्नाले सीमा क्षेत्रको बाटोको लागि सरकारले बजेट पर्याप्त नछुटाएको बताएका छन् ।
लिपुलेक, कालापानी समेत रहेको जिल्लाका सांसद ठगुन्नाले सीमा क्षेत्रमा बजेट कम भएको भन्दै ठगुन्नाले सरकारले दिने भनेको विशेष प्राथमिकता कस्तो हो ? भन्दै प्रश्न गरे । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट माथि छलफल गर्दै ठगुन्नाले संसदमा सीमाको विषयमा बहस हुने गरेकोमा पनि भूगोलको जनतामा थप पिडा भइरहेको सुनाएका हुन् ।
उनले दुर्गम हिमाली र पहाडी जिल्लालाई बजेटले सधैँ वञ्चित गरिरहेको भन्दै आगामी आवको बजेटले पनि वञ्चित गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले हानेका २० मिसाइल खसालेको जोर्डनको दाबी
-
विश्वकप फुटबल : नेपालमा जर्सी किन्नेहरूको भिड (तस्बिरहरू)
-
आन्तरिक ऋणमा सरकारले यसपटक पनि लत्यायो वित्त आयोगको सिफारिस
-
ईभी भन्सार दर परिवर्तनको विवाद : लेखा समितिमा सांसदहरू दुई धारमा
-
ओमानबाट इरान जाँदै गरेको जहाजमा अमेरिकी सेनाको प्रहार
-
गुरु रंधावालाई निशाना बनाएर दिल्लीमा चल्यो गोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण