सोनाली बेन्द्रेलाई सम्झेर क्वाँक्वाँ रोए विवेक ओबरोय
बलिउड नायिका सोनाली बेन्द्रेले आफूलाई क्यान्सर भएको बताएपछि उनका प्रशंसक निकै स्तब्ध भएका थिए । त्यतिबेला उनी टेलिभिजन शो ‘इंडियाज बेस्ट ड्रामेबाज’ मा जज बनेकी थिइन् । उनीबाहेक कार्यक्रममा विवेक ओबरोय र ओमंग कुमार पनि कार्यक्रममा जज थिए । कार्यक्रमको केही एपिसोड शुट गरेपछि सोनालीले कार्यक्रम छोडिन् र उपचारका लागि न्यूयोर्क गइन् ।
हालै विवेक सोनालीलाई याद गरेर क्वाँक्वाँ रोएका छन् । वास्तवमा, ‘इंडियाज बेस्ट ड्रोमेबाज’ को सेटमा एक प्रतिस्पर्धीले क्यान्सर पीडितको भूमिका निभाए जुन हेर्दा विवेकलाई सोनाली बेन्द्रेको याद आयो र उनी रोए ।
उक्त अभिनयमा क्यान्सरसँगको लडाईँ र जीत देखाइएको थियो, जुन हेरेपछि सबै स्तब्ध भए । कार्यक्रममा अर्का जज ओमंग कुमारको आँखा पनि नरसाएका होइनन् तर विवेकले भने उक्त अभिनय हेरेपछि आफूलाई नियन्त्रण गर्न सकेनन् । उनी नमज्जाले रोए ।
ती प्रतिस्पर्धीको अभिनय हेरेपछि विवेकले सोनालीलाई आफ्नो निकै नजिकको साथी बताउँदै उनका लागि सबैलाई प्रार्थना गरिदिन आग्रह गरे ।
विवेक सोनालीसँग कार्यक्रमको पहिलो सिजनदेखि नै काम गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण