हर्क साम्पाङको माग– ‘१ खर्ब रकमान्तर गरेर सीमामा तारजाली लगाइयोस्’
सोमबार, ०१ असार २०८३, १४ : २२
सारांश
- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले सरकारको १ खर्ब रुपैयाँ बजेट रकमान्तर गरेर सीमामा तारजाली लगाउन माग गरेका छन् ।
- उनले तत्कालै बजेटबाट रकमान्तर गरेरै भए पनि यस्तो व्यवस्थाका लागि माग गरे ।
- उनले सीमा क्षेत्रमा विदेशी सेनासँग लड्ने नेपालीको पोषण र पोसाकका लागि बजेट छुट्याउन समेत माग गरेका छन् ।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले सरकारको १ खर्ब रुपैयाँ बजेट रकमान्तर गरेर सीमामा तारजाली लगाउन माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलमा सहभागी हुँदै उनले तत्कालै बजेटबाट रकमान्तर गरेरै भए पनि यस्तो व्यवस्थाका लागि माग गरे।
साथै उनले सीमा क्षेत्रमा विदेशी सेनासँग लड्ने नेपालीको पोषण र पोसाकका लागि बजेट छुट्याउन समेत माग गरे।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण