बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

अनिवार्य सीप परीक्षण कार्यक्रम स्थगित

बुधबार, ०३ असार २०८३, १६ : ५०
बुधबार, ०३ असार २०८३

सारांश

  • साउदी अरबले बुधबारदेखि सुरु गर्ने भनेको अनिवार्य सीप परीक्षण कार्यक्रम स्थगित भएको छ ।
  • वैदेशिक रोजगार व्यवसायीहरूले एकाधिकार खडा गरी सीप परीक्षणको नाममा श्रमिकमाथि रकम असुल गर्न खोजेको भन्दै तालिम प्रदायक संस्थामा घेराउ गरेका थिए ।
  • यो सीप परीक्षणका लागि श्रमिकले थप १५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको थियो ।

काठमाडौँ । बुधबारदेखि साउदी अरबले गर्ने भनिएको अनिवार्य सीप परीक्षण कार्यक्रम स्थगित भएको छ । बसुन्धारास्थित ‘सीप परीक्षण कार्यक्रम’ (एसभीपी) सञ्चालन गर्न खोलिएको ‘इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपाल प्रालिले सूचना टाँसेर स्थगित भएको जनाएको हो ।

वैदेशिक रोजगार व्यवसायीहरूले बिहान देखि आन्दोलन गरेसँगै ट्रेनिङ इन्स्टिच्युटले स्थगितको सूचना टाँसेको छ । व्यवसायीहरूले एकाधिकार खडा गरी सीप परीक्षणको नाममा प्रमाणपत्र बेच्न श्रमिकमाथि रकम असुल गर्न खोजेको भन्दै तालिम प्रदायक संस्थामा घेराउ गरेका थिए । 

तर, यसबारे साउदी दूतावासले कुनै औपचारिक सूचना जारी गरेको छैन । यो सीप परीक्षणका लागि श्रमिकले थप १५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।  परीक्षा शुल्कबापत ५० डलर र पूर्व सिकाइ मान्यता (आरपीएल) बापत ५० डलर लाग्ने व्यवस्था गरेको थियो । 

बुधवार काठमाडौँस्थित साउदी दूतावासले सूचना टाँसेर सीप परीक्षण कार्यक्रम सुरु गरेको जनाएको थियो । दूतावासले सीप परीक्षण पास भएको प्रमाणपत्र पेस नगरेमा श्रम भिसा जारी नगर्ने भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप