अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको सम्झौता अन्तिम नभएको र इरानले सम्झौताअनुसार व्यवहार नगरे अमेरिका पुनः सैन्य कारबाहीमा उत्रिन सक्ने चेतावनी दिएका छन् ।
- ट्रम्पले अमेरिका–इरान समझदारीपत्रमा हस्ताक्षर बिहीबार वा शुक्रबार हुन सक्ने जानकारी दिएका छन् ।
- इजरायलले लेबनानमा सीमित सैन्य आक्रमण जारी राखेको छ र इरानले त्यसलाई वासिङ्टनसँगको सम्झौताको उल्लङ्घन मान्ने चेतावनी दिएको छ ।
पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिच भएको सम्झौता अझै अन्तिम नभएको बताएका छन् ।
उनले इरानले सम्झौताअनुसार व्यवहार नगरे अमेरिका पुनः सैन्य कारबाहीमा उत्रिन सक्ने चेतावनी दिएका सीबीसी न्युजले लेखेको छ ।
बुधबार फ्रान्समा सम्पन्न जी–७ शिखर सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिका–इरान समझदारीपत्रमा हस्ताक्षर बिहीबार वा शुक्रबार हुन सक्ने जानकारी दिएका हुन् । यसअघि दुवै देशका अधिकारीहरूले शुक्रबार हस्ताक्षर हुने बताएका थिए ।
यसैबिच इजरायलले लेबनानमा सीमित सैन्य आक्रमणहरू जारी राखेको छ । ट्रम्पले इरानसँगको सम्झौता घोषणा गरेपछि पनि ती आक्रमणहरू नरोकिएको जनाइएको छ । तेहरानले इजरायलले लेबनानमा आफ्नो सैन्य उपस्थिति कायम राखे वा आक्रमण जारी राखेमा त्यसलाई वासिङ्टनसँग भएको सम्झौताको उल्लङ्घन मानिने चेतावनी दिएको छ ।
अर्कोतर्फ, इरानी तेलवाहक जहाजहरू अमेरिकी नौसैनिक नाकाबन्दी रेखा पार गरिरहेको समाचारले अन्तर्राष्ट्रिय ढुवानी क्षेत्रमा अन्योलता बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण