मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियालाई ४–२ ले पराजित गरेको छ।
- अमेरिकाको आर्लिङ्गटन स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले रोमान्चक जित हासिल गरेको छ।
- यो जितले इंग्ल्याण्डले मस्कोमा भएको विश्वकप सेमिफाइनलमा क्रोएसियासँगको हारको बदला लिएको छ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियामाथि ४–२ को सानदार जित निकाल्दै सुखद सुरुवात गरेको छ । अमेरिकाको आर्लिङ्गटन स्टेडियममा बुधबार राति भएको अत्यन्तै रोमान्चक खेलमा इंग्ल्याण्डले क्रोएसियालाई स्तब्ध पारेको हो ।
यो जित इंग्ल्याण्डका लागि मस्कोको पुरानो हारको बदला समेत बनेको छ । यसअघि मस्कोमा भएको विश्वकप सेमिफाइनल भिडन्तमा क्रोएसियाले इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै प्रतियोगिताबाट बाहिर पठाएको थियो ।
डालसमा भएको यस खेलमा इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले दुई गोल गरे । उनले खेलको १२औँ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए भने ४२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । यस्तै, दोस्रो हाफको सुरुवातमै (४७औँ मिनेट) जुड बेलिङ्घम र खेलको अन्त्यतिर (८५औँ मिनेट) मार्कस रासफोर्डले एक–एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

क्रोएसियाले पहिलो हाफमा इंग्ल्याण्डलाई कडा टक्कर दिएको थियो । खेलको ३६औँ मिनेटमा मार्टिन बटुरिना र पहिलो हाफको इन्जुरी समयमा पिटर मुसाले गोल गर्दै खेललाई दुई पटक बराबरीमा ल्याएका थिए । तर, दोस्रो हाफमा इंग्ल्याण्डको आक्रामक खेल अगाडि क्रोएसियाको रक्षापंक्ति कमजोर देखियो ।
जितसँगै इंग्ल्याण्डले समूह ‘एल’ मा महत्त्वपूर्ण ३ अंक जोडेको छ । मस्कोको नमीठो हारको बदला लिँदै इंग्ल्याण्डले यसपटकको विश्वकपमा आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण