शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
राजनीति

पार्टी सुद‌ृढ र विस्तार गर्न विशाल आइटी आर्मी बनाउँछौँ : प्रचण्ड

शुक्रबार, ०५ असार २०८३, १४ : ४१
शुक्रबार, ०५ असार २०८३

सारांश

  • नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीलाई सुदृढ र विस्तार गर्नका लागि आधुनिक प्रविधिको प्रयोग गरी विशाल आइटी आर्मी तयार गर्ने बताएका छन् ।
  • उनले पार्टीको डिजिटल सदस्यता नवीकरण तथा वितरण कार्यक्रममा सम्बोधन गर्दै चुनावमा भएको धेरै खर्चको तुलनामा आइटीमा लगानी कम भएको स्वीकार गरे ।
  • प्रचण्डले आइटीमा लगानी नगर्दा चुनावी नतिजा राम्रो नआएको बताउँदै अबको लडाइँ आइटी सेक्टरमा हुने स्पष्ट पारे ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक टेक्नोलोजी प्रयोग गरेर विशाल आइटी आर्मी तयार गर्ने बताएका छन् । 

शुक्रबार नेकपाको डिजिटल पार्टी सदस्यता नवीकरण तथा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । 

‘हामीले अब एउटा आइटी सेना, विशाल फौज तयार गर्न सकिन्छ, तयार गर्नुपर्ने नै भयो’, संयोजक प्रचण्डले भने, ‘पार्टीलाई सुदृढ र विस्तार गर्न तथा नयाँ आवश्यकतासँग लड्ने बनाउन विशाल आइटी आर्मी चाहियो ।’

उनले आइटी आर्मी कम्युनिस्टहरूले मात्र बनाउन सक्ने भन्दै अरू वुर्जवाहरुले बनाउन नसक्ने बताए । 

‘त्यसकारण सोचलाई परिवर्तन गर्ने गरी जानुपर्नेछ । चुनावमा धरै खर्च भएको छ’, प्रचण्डले भने, ‘गत निर्वाचनमा सबै उम्मेदवारको हिसाब गर्ने हो भने समानुपातिक तर्फको पनि हिसाब गर्दा थुप्रो खर्च भयो । तर आइटीमा एक दुई करोड खर्च गर्न हात काम्यो ।’ 

उनले एउटै निर्वाचन क्षेत्रमा करोड खर्च गरे पनि आइटीमा खर्च गर्न नसकिएकाले चुनावी नतिजा राम्रो आउन नसकेको बताए। ‘आइटीमा खर्च गरेको भए चुनावको नतिजा धेरै राम्रो हुन्थ्यो । यो कुरा बुझेर अबको हाम्रो लडाइँ आइटी सेक्टरमा हुन्छ’, प्रचण्डले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप