हेमन्त शर्माको ‘काली तरेर आउँछु, कोशी तरेर आउँछु’
सारांश
- गायक हेमन्त शर्माको नयाँ गीत ‘काली तरेर आउँछु, कोशी तरेर आउँछु’ सार्वजनिक भएको छ ।
- गीतमा प्रेमिकाका लागि जुनसुकै बाधा-व्यवधान पनि सहन तयार प्रेमीको कथालाई भिडियोमा उतारिएको छ ।
- राहुल शाहले कोरियोग्राफी र निर्देशन गरेको भिडियोमा हेमन्त शर्मा, राहुल र विना राउत फिचर्ड छन् ।
काली तरेर आउँछु
कोशी तरेर आउँछु
आँधी सहेर आउँछु
बर्बादी सहेर आउँछु
माया के हो भन्नेलाई छाती चिरी देखाउँछु
चोखो माया बताउँछु
प्रेममा हदैसम्म समर्पण भाव व्यक्त गर्ने यी शब्द हुन् गायक हेमन्त शर्माको नयाँ गीत ‘काली तरेर आउँछु, कोशी तरेर आउँछु’का । गीतमा हेमन्तकै शब्द र संगीत छ । गीतलाई राकेश सोनीले एरेन्ज गरेका छन् ।
आफ्नी प्रेमिकाका लागि जुनसुकै बाधा-व्यवधान पनि सहन तयार प्रेमीको कथालाई भिडियोमा उतारिएको छ । राहुल शाहले कोरियोग्राफी र निर्देशन गरेको भिडियोमा हेमन्त शर्मा, राहुल र विना राउत फिचर्ड छन् । भिडियोको छायांकन, सम्पादन तथा कलर संयोजन पवन सुस्लिङले गरेका हुन् ।
नेपाली सुगम संगीत, खासगरी लोक-आधुनिक शैलीमा लोकप्रिय गायक हेमन्त शर्माका ‘माया साह्रै महंगो’, ‘माया त माया हो’, ‘थाप न थाप हातैमा’, ‘माया त यस्तो होस्’, ‘मूल हौ भने रसाइदेऊ’, ‘बरिखा’, ‘गुडेको रेल पनि’, ‘उता परेली झिमझिम भो’, ‘नम्बरी सुन हो नि त’ लगायत थुप्रै गीत लोकप्रिय छन् ।
भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनरूपी विकृत युगको साक्षी भयौँ, साझेदार भएनौँ : गगन थापा
-
यस वर्ष ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन
-
थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा
-
सरकारी सूचनामा निजी मिडियामाथि विभेद भएको भन्दै पत्रकार महासङ्घको र्याली
-
कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा फैलिँदै
-
रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण