क्यान्सरको उपचार गराइरहेका इरफान खानले दुःखी मनसहित दिए यस्तो जानकारी
बुधबार, ३० साउन २०७५, १३ : १८
बलिउडका कलाकार इरफान खान लण्डनमा आफ्नो क्यान्सरको उपचार गराइरहेका छन् । हालै इरफानको छैटौं र अन्तिम किमो गरिएको बताइएको थियो । पाँचौं किमोपछि उनलाई कमजोरी महसुस भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको बताइएको थियो ।
इरफानले गत सोमबार फेसबुकमार्फत वेब सिरिज गोर्मिन्ट छोडेको घोषणा गरेका छन् । उनले लेखेका छन्, ‘दुःखी मनसहित म यो भन्न चाहन्छु कि अहिलेको मेरो स्वास्थ्य अवस्थाका कारण मैले उक्त सिरिजलाई अभिनयको जुन प्रतिबद्धता दिएको थिएँ, त्यो पूरा गर्न सक्दिनँ ।’
उक्त सिरिजका धेरैजसो दृश्यको छायांकन गरिसकिएको छ । इरफानले उक्त सिरिजमा काम गर्दा निकै मजा आएको बताए ।
उनले प्रोजेक्टमा संलग्न सबैलाई आफ्नो अवस्था बुझिदिएकोमा र निरन्तर समर्थन गरेकोमा धन्यवाद दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण