रणबीर–दीपिकाको विवाहमा उपस्थित पाहुनाले फोन बोक्न नपाउने
रणबीर सिंह र दीपिका पादुकोणको विवाहले बलिउड बजार तातोको छ । रिपोर्टका अनुसार यो जोडीले नोभेम्बर २० तारिखमा विवाह गर्दैछन् । इटालीमा आयोजना हुने विवाहमा उनीहरुका परिवारका सदस्य र निकै नजिकका साथी गरी विवाहको ३० जनाको सहभागिता हुने बताइएको छ ।
दीपिका आफ्नो विवाहलाई निकै विशेष र गोप्य राख्न चाहन्छिन् । डीएनएको रिपोर्ट अनुसार यसकारण उनले विवाहमा आउने पाहुनालाई मोबाइल र क्यामरा नल्याउनका लागि आग्रह गरेकी छिन् ।
सोनम कपुर र अनुष्का शर्माको विवाहबाट पाठ सिक्दै दीपिकाले यस्तो निर्णय लिएको बताइएको छ । पाहुनाले आफ्नो विवाहको फोटो सोसल मिडियामा पोष्ट नगरुन् भन्ने उद्देश्यले यस्तो गरिएको बताइएको छ ।
आफ्नो यस्तो कदमले विवाहबारे गोपनियता कायम रहने दीपिकाले विश्वास राखेको स्रोतले बताएको छ ।
रणबीर–दीपिकाको विवाहको मिति तयः इटालीमा गरिने, ३० जनालाई निम्तो
रिपोर्टका अनुसार इटालीको ‘लेक कोमो’ मा हुने यो जोडीको फोटो उनीहरु आफैंले उपलब्ध गराउने छन् ।
दीपिकाकी निकै नजिककी साथीले दीपिकालाई इटली निकै मनपर्ने भएकाले उनले डेस्टिनेशन वेडिङको योजना बनाएको जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण