कोशी प्रदेशसभा बैठक सुरु
सारांश
- कोशी प्रदेशसभाको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको छ।
- सत्तापक्षबीच बजेट विवाद समाधान गर्न ६ सदस्यीय कार्यदलमा सहमति जुटेको छ।
- यस सहमतिले कोशी प्रदेशमा बजेट विवाद समाधान हुने अपेक्षा गरिएको छ।
विराटनगर । कोशी प्रदेशसभाको बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि तय भएको बैठक डेढ घण्टा पछि सुरु भएकाे हो ।
कोशी प्रदेश सत्तापक्षबिच मै लामो समयदेखि चल्दै आएको बजेट विवाद समाधानको लागि ६ सदस्यीय कार्यदलमा हिजो राति सहमति जुटेको थियो । उक्त सहमतिलाई संसदमा आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले पढेर सुनाउने सांसदहरूले बताएका छन् । तर, संसदमा पढ्ने उक्त सहमतिको भाषा मिलाउन नसक्दा समयमै बैठक बस्न नसकेको हो ।
एमाले र कांग्रेसले बनाएको ६ सदस्यीय कार्यदलले मन्त्रीहरूले आफ्ना निर्वाचन क्षेत्रमा केन्द्रित गरेको बजेट कटौती गरेर अन्य निर्वाचन क्षेत्रहरूमा सन्तुलन मिलाउने सहमति गरेको छ ।
जसअनुसार मन्त्रालयगत भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवारले आफ्नो क्षेत्रमा लगेको ४० प्रतिशत, खानेपानी मन्त्री तिलचन पाठकले ३० प्रतिशत र अन्य मन्त्रीहरूले १० प्रतिशत बजेट समर्पण गर्ने सहमति भएको छ । यो सहमति लागू भए १ अर्ब रकम बचत हुने र त्यो रकम अन्य निर्वाचन क्षेत्रमा विनियोजन गर्नुपर्ने कार्यदलको सुझाव छ।
कार्यदलमा एमालेका प्रमुख सचेतक रमेश बस्नेत, होमबहादुर थापा र रामबहादुर मगर तथा काङ्ग्रेस दलका उपनेता हिमाल कार्की, विनोद बान्तवा र सचेतक गोपाल तामाङ रहेका थिए ।
यो सहमतिसँगै कोशी प्रदेशमा बजेटको बारेमा देखिएको विवाद समाधान हुने अपेक्षा गरिएको छ । बजेट विवादकै कारण प्रदेशसभाको असार ११ गते, १६ गते र १८ गतेका लागि तय गरिएको बैठक स्थगित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण