कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
बुधबार, २४ असार २०८३, १० : ५१
सारांश
- कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएर फरार भएका ध्रुव बहादुर भुजेललाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
- सोलुखुम्बु जिल्ला अदालतले भुजेललाई कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
- जेन्जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका भुजेल मोरङको सुन्दरहरैँचाबाट पक्राउ परेका हुन्।
विराटनगर । कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएर कारागारबाटै फरार भएका एक प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका वडा नं। २ घर भएका ध्रुव बहादुर भुजेल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, भुजेललाई सोलुखुम्बु जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उक्त सजाय भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौँमा रहेका उनी ‘जेन्जी आन्दोलनको क्रममा फरार भएका थिए।
भुजेल मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं। ७ स्थित गोठगाउँमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई फेला पारेको हो।
पक्राउ परेका भुजेललाई बाँकी कैद भुक्तान र आवश्यक कानुनी कारबाहीका लागि मोरङ कारागार पठाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति थापा
-
चिनीमिलबाट भुक्तानी नपाउँदा उखु किसान मारमा, साउनमा काठमाडौँ केन्द्रित आन्दोलनको तयारी
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा वडा सचिवविरुद्ध मुद्दा
-
चीनको आर्थिक तथ्याङ्कमाथि प्रश्न उठाउने अर्थशास्त्रीको निधन
-
अपाङ्गता परिचयपत्र सच्याएर सरकारी रकम हिनामिना : पोखरिया नगरपालिकाका तत्कालीन अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा
-
इरान युद्धबाट यत्तिकै बाहिरिन सक्लान् ट्रम्प ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण