गुडिरहेको गाडीमा सिलिन्डर पड्किँदा ४६ वर्षीय थापाको ज्यान गयो, घटनास्थलमा कडा सुरक्षा
सारांश
- काठमाडौँको माकलबारीमा गुडिरहेको गाडीमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा ४६ वर्षीय विष्णु थापाको मृत्यु भएको छ।
- दुर्घटनापछि घटनास्थलमा मानिसहरूको बाक्लो भीड लागेको छ र नेपाली सेना तथा नेपाल प्रहरीले कडा सुरक्षा व्यवस्था अपनाएका छन्।
- सडकमा हिँडिरहेका थापालाई सिलिन्डरको उछिट्टिएको टुक्राले लागेको थियो र अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
काठमाडौँ । काठमाडौँको माकलबारीमा गुडिरहेको गाडीमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ।
सिलिन्डर विस्फोट भएर त्यसको टुक्राले लाग्दा माकलबारी बस्ने ४६ वर्षीय विष्णु थापाको ज्यान गएको हो।
_j3LGzBrUIG.jpg)
दुर्घटनापछि घटनास्थलमा मानिसहरूको बाक्लो भीड लागेको छ भने स्थिति नियन्त्रणमा लिन नेपाली सेना र नेपाल प्रहरीले कडा सुरक्षा तथा निगरानी बढाएका छन्।
_MsGCEZeJ81.jpg)
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार सडकमा गुडिरहेको गाडीमा अचानक अक्सिजन सिलिन्डर विस्फोट भएको थियो। सोही क्रममा सडकमा हिँडिरहेका थापालाई सिलिन्डरको उछिट्टिएको टुक्राले लागेको थियो।
_PQ7l7SHj1F.jpg)
सिलिन्डरको टुक्रा लागेर गम्भीर घाइते भएका थापालाई तत्कालै उपचारका लागि जोरपाटीस्थित नेपाल मेडिकल कलेज पुर्याइएको थियो। तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। गुडिरहेको गाडीमा कसरी सिलिन्डर विस्फोट भयो भन्नेबारे प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ।
_pFjPgTOWKk.jpg)
_DApWq8tsVU.jpg)
_7dATsQdKuR.jpg)
_BlJ5mJa3XL.jpg)
_5tLLUcfuNJ.jpg)
तस्बिरहरू : सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण