बालेन सरकारका ४ अध्यादेश बने कानुन
सारांश
- बालेन्द्र शाह नेतृत्वको सरकारले गत बैशाखमा जारी गरेका ४ अध्यादेश कानुन बनेका छन् ।
- संघीय संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएपछि ४ अध्यादेश ऐनमा रूपान्तरित भएका हुन् ।
- सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ्ग) निवारण (तेस्रो संशोधन) ऐन, २०८३, सहकारी (पहिलो संशोधन) ऐन, २०८३, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८३ प्रमाणीकरण भएका हुन् ।
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले गत बैशाखमा जारी गरेका ४ अध्यादेश कानुन बनेका छन् । संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) बाट पारित भएर राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएपछि बालेन सरकारले ल्याएका ४ अध्यादेश ऐनमा रूपान्तरित भएका हुन् ।
राष्ट्रपति पौडेलले ४ विधेयकलाई प्रमाणीकरण गरेको जानकारी सभामुख डोलप्रसाद अर्यालले शुक्रबारको प्रतिनिधि सभामा गराए । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ४ विधेयक प्रमाणीकरण गरेको जानकारी राष्ट्रपति कार्यालयले संघीय संसद् सचिवालयलाई गराएको छ ।
गत बैशाखमा संघीय संसद्को अधिवेशन रोकेर सरकारले अध्यादेश ल्याएको थियो । ती अध्यादेशका प्रतिस्थापन विधेयक संघीय संसद्मा दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएका हुन् । सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ्ग) निवारण (तेस्रो संशोधन) ऐन, २०८३, सहकारी (पहिलो संशोधन) ऐन, २०८३, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८३ प्रमाणीकरण भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
-
बेल्जियमलाई २–१ ले हराएर स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
-
८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण