नक्कली भुटानी शरणार्थी प्रकरण : सजाय निर्धारणका लागि आज पेसी
सारांश
- नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले कसुरदार ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि आज पेसी तोकेको छ ।
- रायमाझीसहितका प्रतिवादीलाई दोषी ठहर गर्दै न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय निर्धारणका लागि असार २९ गतेको मिति तोकेको हो ।
- यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझी, पूर्वसचिव पाण्डे र डा. राई मुख्य कसुरदार ठहरिएका छन् भने खाण र रिजालसहितका व्यक्तिहरू मतियारका रूपमा दोषी ठहर भएका छन् ।
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले कसुरदार ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि आज पेसी तोकेको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले रायमाझीसहितका प्रतिवादीलाई दोषी ठहर गरेको थियो ।
नेपालको फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ अनुसार ३ वर्षभन्दा बढी कैद हुने मुद्दामा कसुर ठहर भएको ३० दिनभित्र सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने हुन्छ । फौजदारी कार्यविधि अनुसार गम्भीर प्रकृतिका मुद्दामा कसुर ठहर भइसकेपछि सजाय निर्धारणका लागि छुट्टै पेसी तोक्नुपर्ने कानुनी प्रावधानबमोजिम अदालतले असार २९ गतेको समय तोकेको हो ।
यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राई मुख्य कसुरदार ठहरिएका छन् भने पूर्वगृहमन्त्री बालकृष्ण खाण र शरणार्थी नेता टेकनाथ रिजालसहितका व्यक्तिहरू मतियारका रूपमा दोषी ठहर भएका छन् । अदालतले जिल्ला सरकारी वकिल कार्यालय र प्रतिवादीका कानुन व्यवसायीहरूलाई समेत सोही मितिको जानकारी दिई सजाय पूर्वको प्रतिवेदन र अन्य आवश्यक प्रक्रिया पूरा गर्न आदेश दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण