कर्रा खोलाले ट्रक बगायो, चालकले पौडेर ज्यान जोगाए
हेटौँडा । मकवानपुरको हेटौंडामा कर्रा खोलाले ट्रक बगाउँदा चालक घाइते भएका छन् ।
हेटौंडा उपमहानगरपालिका–१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक कर्रा खोलामा आएको बाढीले आइतबार बिहान ट्रक बगाएको हो।
ट्रकसंगै बगेका चालक चितवनको रत्ननगर नगरपालिका–१३ निवासी करिब ३४ वर्षीय दीपक थिङ पौडिएर सुरक्षित बाहिर निस्किएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव माधव काफ्लेका अनुसार बिहान करिब ७ः४५ बजे कर्रा खोलामा आएको बाढीका कारण ह्युमपाइप राखेर बनाइएको कल्भर्ट (लच्का) माथिबाट खोला बगेको थियो । पानीको बहाव थप बढ्दा सिमेन्ट फ्याक्ट्रीमा ढुंगा अनलोड गरेर फर्किरहेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक चालकसहित बगाएको उनले बताए ।
चालकको खुट्टामा सामान्य चोट लागेको र हाल उपचाररत रहेको प्रवक्ता काफ्ले बताए । बाढीले बगाएको ट्रक भने खोलामै रहेको र निकाल्ने प्रयास भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा कपडा उद्योग : कार्यदलले बुझायाे प्रतिवेदन, परीक्षण उत्पादनका लागि आवश्यक कार्य सुरु
-
मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
-
आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु
-
‘जलनले छालामात्र होइन, भित्री अङ्ग पनि बिगार्छ’
-
सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण