राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
सारांश
- राजधानीका तीन सञ्चार माध्यमका कार्यालयको गेटमा आज बिहानै शंकास्पद सवारी साधनहरू फेला परेका छन् ।
- कान्तिपुर टेलिभिजन, अनलाइनखबर र हिमालयन टेलिभिजनको कार्यालयको गेटअगाडि गाडीहरू बेवारिसे अवस्थामा भेटिएका हुन् ।
- प्रहरीले ती सवारी साधनहरूको प्राविधिक जाँच र अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । राजधानीका तीनवटा सञ्चार माध्यमका कार्यालयको गेटमा आज बिहानै शंकास्पद सवारी साधनहरू फेला परेका छन् । कान्तिपुर टेलिभिजन, अनलाइनखबर र हिमालयन टेलिभिजनको कार्यालयको गेटैमा शंकास्पद रूपमा सवारी साधनहरू पार्किङ गरेर व्यक्तिहरू सम्पर्कबिहीन भएको सूचनासँगै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
कान्तिपुर टेलिभिजनको तीनकुनेस्थित कार्यालय, अनलाइनखबरको बुद्धनगरस्थित कार्यालय र हिमालयन टेलिभिजनको पुरानो बानेश्वरस्थित कार्यालयको गेटअगाडि गाडीहरू बेवारिसे अवस्थामा भेटिएका हुन् । ती गाडीहरू कार्यालयभित्र जान-आउन नमिल्ने गरी गेटमै अड्याएर छाडिएको र तिनमा चाबीसमेत नभएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसपी पवन भट्टराईले प्रहरी टोलीले घटनास्थलमा पुगेर ती सवारी साधनहरूको प्राविधिक जाँच र अनुसन्धान गरिरहेको बताए । ती गाडीहरू कसले र किन त्यहाँ छाडेको हो भन्नेबारे सीसीटीभी फुटेज र अन्य प्रमाणका आधारमा खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण