सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
अपडेट

पानीमा भिज्दै सिंहदरबारको गेटमा धर्ना बस्ने निहारिका प्रहरीको नियन्त्रणमा

सोमबार, २९ असार २०८३, १४ : १६
सोमबार, २९ असार २०८३

सारांश

  • सिंहदरबारको दक्षिण गेटमा पानीमा भिज्दै धर्नामा बसेका निहारिका सिंह राजपूत र बिनु कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • मापदण्ड अनुसारको पास नभएको भन्दै प्रहरीले उनीहरूलाई सिंहदरबार प्रवेश गर्न रोकेको थियो ।
  • गृह मन्त्रालयमा आफ्ना समस्या राख्न पाउनुपर्ने उनीहरूको माग छ ।

काठमाडौँ । सिंहदरबारको दक्षिण गेटमा धर्नामा बसेका दुई जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पानीमा भिज्दै निहारिका सिंह राजपूत र बिनु कठायत धर्नामा बसेका थिए । सिंहदरबार प्रवेश गर्न खोजेका उनीहरूलाई प्रहरीले मापदण्ड अनुसारको पास नभएको भन्दै रोकेको थियो । 

गृह मन्त्रालयमा गएर आफ्ना समस्या राख्न पाउनुपर्ने उनीहरूको माग छ । 

आवश्यक समन्वयको लागी दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप