सेमिफाइनलमा अहिलेसम्म अपराजित छ अर्जेन्टिना, इंग्ल्याण्डको खराब रेकर्ड
सारांश
- जारी विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएसँगै फ्रान्स र स्पेन तथा अर्जेन्टिना र इंग्ल्याण्ड आपसमा भिड्ने भएका छन् ।
- अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको यो छैटौँ पटक हो र यसअघि खेलेका पाँचवटै खेलमा अर्जेन्टिना अपराजित रहेको छ ।
- इंग्ल्याण्ड अहिलेसम्म चार पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ, जसमा उसले सन् १९६६ मा मात्र जित हासिल गरेको छ ।
काठमाडौँ । जारी विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएसँगै अब फाइनलमा कुन कुन टीम पुग्लान् भनि फुटबल प्रेमीहरूमा उत्सुकता बढेको छ । जारी विश्वकपको सेमिफाइनलमा फ्रान्स र स्पेन तथा अर्जेन्टिना र इंग्ल्याण्ड आपसमा भिड्ने भएका छन् ।
यहाँ अर्जेन्टिना र इंग्ल्याण्डबिचको सेमिफाइनल यात्रा र सफलताका इतिहास खोतल्ने प्रयास गरिएको छ । यी दुई टिम विश्वकपकै सेमिफाइनलमा भिड्न लागेको पहिलो पटक हो । यद्यपि विश्वकपको अन्य चरणमा भने यी दुई टिमले आपसमा प्रतिस्पर्धा गरिसकेका छन् ।
अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको यो छैठौँ पटक हो । यसअघि अर्जेन्टिनाले सन् १९३०, १९८६, १९९०, २०१४ र २०२२ मा विश्वकपको सेमिफाइनल म्याच खेलेको थियो ।
अर्जेन्टिना यी पाँचवटै म्याचमा अपराजित रहेको थियो । सन् १९३० मा विश्वकप सेमिफाइनलमा अर्जेन्टिनाले उरुग्वेलाई ६–१ गोल अन्तरले हराएको थियो ।
सन् १९७८ को विश्वकप अर्जेन्टिनाले जितेको थियो तर त्यो वर्षको विश्वकपमा भने सेमिफाइनल खेल नै थिएन। समूह चरण पार गरेका ८ टीमलाई फेरि दुई समूह 'ए' र 'बि'मा विभाजन गरेर दोस्रो समूह चरण खेलाइएको थियो।
समूह ‘बी’ मा परेको अर्जेन्टिनाले ब्राजिल, पोल्यान्ड र पेरूसँग खेल्यो र समूह विजेता बनेर 'ए' समूहको विजेता नेदरल्याण्डस्सँग फाइनल खेल्यो र अतिरिक्त समयमा ३-१ गोल अन्तरले जितेको थियो ।
सन् १९८६ मा अर्जेन्टिनाले सेमिफाइनलमा बेल्जियमलाई २–१ ले हराएको थियो । यस्तै सन् १९९० मा अर्जेन्टिना र इटालीबिच भएको सेमिफाइनल खेल निर्धारित समय १–१ गोलको बराबरी अवस्थामा टुङ्गिए पछि पेनाल्टी शुट आउटमा अर्जेन्टिना ४–३ ले विजयी भयो ।
सन् २०१४ मा अर्जेन्टिना र नेदरल्याण्डस् सेमिफाइनलमा भिडेका थिए । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी शुट आउटमा अर्जेन्टिना ४–२ ले विजयी भयो ।
सन् २०२२ को सेमिफाइनलमा अर्जेन्टिनाको भिडन्त क्रोएसियासँग भएको थियो, जसमा उसले ३–० गोल अन्तरले जित हासिल गर्यो ।
सेमिफाइनलको नतिजा अहिलेसम्म शतप्रतिशत आफ्नो पक्षमा पार्दै आएको अर्जेन्टिनाले सन् २०२६ को सेमिफाइनलमा इंग्ल्याण्डको सामना गर्नेछ ।
सेमिफाइनलमा इंग्ल्याण्डको नतिजा भने त्यति सुखद् छैन । इंग्ल्याण्ड अहिलेसम्म चार पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।
यसअघि इंग्ल्याण्डले खेलेका तीन सेमिफाइनलमध्ये एउटामा मात्र उसले आफ्नो पक्षमा नतिजा पारेको छ ।
इंग्ल्याण्डले सन् १९६६, १९९० र २०१८ को विश्वकपमा सेमिफाइनल खेलेको छ । यसमध्ये सन् १९६६ मा मात्र उसले जित हासिल गरेको थियो, त्यो बर्ष उसले विश्वकप समेत जित्यो ।
सन् १९६६ को सेमिफाइनलमा इंग्ल्याण्डले पोर्चुगललाई २–१ गोलअन्तरले पराजित गरेको थियो । यस्तै सन् १९९० मा पश्चिम जर्मनीसँग इंग्ल्याण्डले सेमिफाइनलमा प्रतिस्पर्धा गरेको थियो, जसमा निर्धारित समय १–१ को बराबरीमा टुंगिएको थियो । पेनाल्टी शुट आउटमा पश्चिम जर्मनी ४–३ ले विजयी भयो ।
सन् २०१८ मा भएको सेमिफाइनलमा क्रोएसियासँग इंग्ल्याण्ड २–१ ले हारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोले अवरुद्ध कालीगण्डकी कोरिडोर ८ घण्टापछि सञ्चालन
-
भुजेल संस्कृति संरक्षण गरिँदै
-
ईयूका २७ राष्ट्रभर साना बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्धको तयारी
-
लन्डनमा सार्वजनिक भयो नयाँ तीज गीत ‘छम्म छम्म नाचौंला’
-
काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
-
गगन थापाको घर अगाडिको शङ्कास्पद गाडी प्रहरीले क्रेन लगाएर हटायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण