सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

शिक्षा अधिकृतलाई मोबिल छर्किने वडा सदस्य पक्राउ

सोमबार, २९ असार २०८३, १५ : ४२
सोमबार, २९ असार २०८३

सारांश

  • घोडाही उपमहानगरपालिका-१५ का वडा सदस्य उत्तम बुढाथोकीलाई शिक्षा अधिकृतको शरीरमा मोबिल छर्किने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको छ।
  • बुढाथोकीले विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले मतदान अधिकृत अजय बोहोराको मोटरसाइकल रोकी मोबिल छर्केका थिए।
  • अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता भई अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।

काठमाडौँ । घोराही उपमहानगरपालिका–१५ स्थित पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतको शरीरमा मोबिल छर्किने वडा सदस्य पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य ४२ वर्षीय उत्तम बुढाथोकी रहेका छन् । उनले असार २७ गते बिहान निर्वाचनका मतदान अधिकृतसमेत रहेका घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत ४८ वर्षीय अजय बोहोराले चलाएको रा.१ ब. १०४२ नम्बरको मोटरसाइकल रोकी उनको शरीरमा मोबिल छर्किएका थिए । घटनापछि बुढाथोकी फरार रहेका थिए ।

सोही घटनामा अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुरमा २०८३ असार २८ गते मुद्दा दर्ता भएको थियो । त्यसपछि दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै असार २९ गते घोराही उपमहानगरपालिका–१५ बाट लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप