सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा डा. जगदीशकुमार क्षेत्री

सोमबार, २९ असार २०८३, १९ : २३
सोमबार, २९ असार २०८३

काठमाडौँ । वरिष्ठ जेरियाट्रिक विशेषज्ञ डा. जगदीशकुमार क्षेत्री एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपीजीएन) को अध्यक्ष नियुक्त भएका छन् । 

नेदरल्यान्ड्स आम्सटर्डममा आयोजित इन्टरनेसनल एसोसिएसन अफ जेरोन्टोलोजी एन्ड जेरियाट्रिक्स (आईएजीजी)को विश्व सम्मेलनले डा. क्षेत्रीलाई अध्यक्ष चयन गरेको हो । यसअघि एनपीजीएनको अध्यक्ष अस्ट्रेलियाका प्राध्यापक लिओन फ्लिकर थिए । फ्लिकरले २१ वर्षसम्म उक्त संस्थाको नेतृत्व गरे । 

मनमोहन मेमोरियल मेडिकल कलेज अन्तर्गतको नेपाल जेरियाट्रिक्स सेन्टरका संस्थापक डा. क्षेत्री ज्येष्ठ नागरिक स्वास्थ्यमा विद्यावारिधि गर्ने हालसम्मका एक मात्र नेपाली चिकित्सक हुन् । उनले २५ वर्ष चीन, अमेरिका र युरोपका विभिन्न देशमा रहेर जेरियाट्रिक्सको क्षेत्रमा काम गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप