संसदमा उठ्यो शङ्कास्पद गाडी पार्किङको विषय
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा शङ्कास्पद गाडी तेर्साएर गरिएको अवरोध प्रयासको विषय उठेको छ । मंगलबारको बैठकमा बोल्दै एमाले सांसद गणेश सिंह ठगुन्नाले मिडिया क्षेत्र र राजनीतिक नेतृत्वको निवास तथा कार्यालय अगाडि मानसिक त्रास फैलाउने कार्य भएको भन्दै विरोध गरे ।
हेर्दा यो साङ्केतिक रूपमा सानो घटना भए पनि यसको संकेत पञ्चायतकालीन मण्डलेतन्त्रले फैसलाको राज्य आतंकको सुरुवातको झझल्को जस्तै महसुस उनले बताए । सरकारले उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने बताए ।
सांसद ठगुन्नाले भने, ‘स्वास्थ्य क्षेत्र अस्तव्यस्त छ । नागरिकलाई स्वास्थ्य सेवामा अझै पहुँच बढाउनु पर्नेमा वर्तमान सरकारका अर्थमन्त्रीजीले स्वास्थ्य सेवामा ३५ सय प्रिमियममा एक लाख दायित्व भुक्तानी गर्न नसकिने भनेर दिएको अभिव्यक्तिले यो सरकार गरिब नागरिकको उपचारप्रति जिम्मेवारी छैन भन्ने स्पष्ट हुन्छ । हिजो मिडिया क्षेत्र र राजनीतिक नेतृत्वको घरमा सवारी साधन तेर्स्याएर मानसिक त्रास फैल्याउने जुन काम भएको छ । हेर्दा यो साङ्केतिक रूपको सानो घटना भए पनि यसको सङ्केत पञ्चायतकालीन मण्डले तन्त्रले फैल्याएको राज्य आतङ्कको झझल्कोको रूपमा हामीलाई याद आउँछ । यसर्थ सरकारले उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम कडा कारबाही गर्नु पर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण