संसद् बैठक
बरु ढुङ्गो बोल्ला प्रधानमन्त्री बोलेनन् : आरेन राई
मङ्गलबार, ३० असार २०८३, ११ : २६
सारांश
- श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर आफ्नो सीमा सम्बन्धी गलत अभिव्यक्ति सच्चाउनुपर्ने बताएका छन् ।
- सांसद राईले डेढ महिनादेखि विपक्षीले उक्त अभिव्यक्ति सच्चाउन माग गरे पनि प्रधानमन्त्री नबोलेको बताए ।
- उनले प्रधानमन्त्रीको अभिव्यक्ति नियतवश आएको भन्ने आफूलाई नलागेको बताए ।
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर आफ्नो सीमा सम्बन्धी गलत अभिव्यक्ति सच्चाउनुपर्ने बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद राईले डेढ महिनादेखि विपक्षीले उक्त अभिव्यक्ति सच्चाउन माग गरे पनि बरु ढुङ्गो बोल्ला प्रधानमन्त्री नबोलेको बताए ।
‘बरु ढुङ्गा बोल्ला मान्छे बोल्दैन जस्तै भयो । यसले डर चिन्ता लागेको छ’, उनले भने, ‘वर्तमान प्रधानमन्त्रीले महानगरको मेयर हुँदा एउटा समस्या हुँदा फेसबुकमा लेखेर सिंहदरबार जलाइदिन्छु भन्नुभयो । पछि सिंहदरबार जल्यो । सीमा बारे पनि त्यस्तै हुने त होइन ?’ उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति नियतवश आएको भन्ने आफूलाई नलागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण