मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

मिटरब्याज पीडितसँग वार्ता गर्न निजगढ पुगे गृहमन्त्री, पहिलो चरणको वार्ता सम्पन्न (तस्बिरहरू)

मङ्गलबार, ३० असार २०८३, १२ : ३०
मङ्गलबार, ३० असार २०८३

सारांश

  • गृहमन्त्री सुधन गुरुङले मिटरब्याज विरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौँ हिँडेका पीडितहरूसँग निजगढमा भेटघाट गरेका छन्।
  • सरकारको तर्फबाट वार्ता गर्न पुगेका गृहमन्त्रीसँग ६ बुँदे मागबारे पहिलो चरणको वार्ता सम्पन्न भएको छ।
  • दोस्रो चरणको वार्ताका लागि सरकार र आन्दोलनरत पक्ष दुवै आन्तरिक गृहकार्यमा जुटेका छन्।

काठमाडौँ । जनकपुरबाट सुरु भएको 'मिटरब्याज विरुद्धको (पैदल) न्याय मार्च' को छैटौँ दिन बाराको निजगढमा नेपाल सरकारका गृहमन्त्री र आन्दोलनरत पक्षबिच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।

निजगढस्थित उद्योग वाणिज्य संघको हलमा भएको वार्तामा मिटरब्याज पीडितहरूले अघि सारेका ६ बुँदे मागका विषयमा छलफल भएको छ । काठमाडौँतर्फ पैदल यात्रामा रहेका पीडितहरूलाई भेट्न र समस्याबारे छलफल गर्न गृहमन्त्री निजगढ पुगेका हुन्।

मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिका प्रवक्ता नवि निर्गका अनुसार पहिलो चरणको वार्ता सकारात्मक रूपमा सम्पन्न भएको र अब दोस्रो चरणको वार्ताका लागि तयारी भइरहेको छ ।

प्रवक्ता निर्गले भने, 'निजगढस्थित उद्योग वाणिज्य संघको हलमा गृहमन्त्रीसँग हाम्रा ६ बुँदे मागबारे पहिलो चरणको वार्ता सम्पन्न भएको छ। दोस्रो चरणको वार्ताको लागि सरकार र आन्दोलन दुवै आन्तरिक गृहकार्यमा जुटेका छौँ।'

आफ्ना मागहरू पूरा गराउन र विगतमा भएका सहमतिहरूको प्रभावकारी कार्यान्वयनका लागि दबाब दिन पीडितहरूले असार २५ गते जनकपुरधामबाट पैदल न्याय मार्च सुरु गरेका थिए । दुवै पक्ष आन्तरिक छलफल र गृहकार्यमा जुटेकाले छिट्टै दोस्रो चरणको वार्ता सुरु हुने सङ्घर्ष समितिले जनाएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

2-meterbyaj grihamantri_NPL (4)3-meterbyaj grihamantri_NPL (5)4-meterbyaj grihamantri_NPL (6)5-meterbyaj grihamantri_NPL (1)6-meterbyaj grihamantri_NPL (2)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप