हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
सारांश
- यमनको हुथी समूहले साउदी अरबमाथि मिसाइल प्रहार गरेको छ ।
- यो आक्रमणले चार वर्ष लामो अनौपचारिक शान्ति अवधि अन्त्य भएको सङ्केत दिएको छ ।
- हुथीले साउदीको अब्हा अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएको बताएको छ ।
रियाद । यमनको सशस्त्र समूह हुथीले साउदी अरबमाथि मिसाइल प्रहार गरेको छ । आफूहरूको नियन्त्रणमा रहेको सना अन्तर्राष्ट्रिय विमानस्थलमा साउदी अरबले हवाई आक्रमण गरेको आरोप लगाएपछि हुथीले यो आक्रमण गरेको हो ।
यस आक्रमणले दुवै पक्षबिच चार वर्षदेखि कायम रहेको अनौपचारिक शान्ति अवधि अन्त्य भएको सङ्केत दिएको छ । साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ताका अनुसार हुथी समूहले दक्षिणी क्षेत्रमा लक्षित गरी प्रहार गरेका मिसाइलहरू साउदी हवाई प्रतिरक्षा प्रणालीले बिचमै अवरोध गरी नष्ट गरेको छ ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले साउदी अरबको अब्हा अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएर मिसाइल प्रहार गरिएको बताएका छन् । अब्हा यमनसँग सीमा जोडिएको साउदी अरेबियाको दक्षिणी पहाडी क्षेत्रको प्रमुख सहर हो । सन् २०२२ को मार्चमा अनौपचारिक युद्धविराम लागू भएपछि हुथी समूहले साउदी अरेबियामाथि गरेको यो पहिलो दाबी गरिएको प्रत्यक्ष मिसाइल आक्रमण हो । त्यसअघि हुथीहरूले साउदी अरेबियाको ऊर्जा पूर्वाधारमा पटक–पटक आक्रमण गरेका थिए ।
सोमबारको घटनाले साउदी अरबको दक्षिणी सीमामा पुनः द्वन्द्व चर्किने सम्भावना बढाएको छ । यसअघि अमेरिका–इरान तनावका क्रममा इरानले साउदी अरेबियाको पूर्वी क्षेत्रमा ड्रोन र मिसाइल आक्रमण गरेपछि अप्रिलमा भएको युद्ध विरामसँगै अवस्था केही शान्त बनेको थियो । साउदी अरेबले फारसी खाडीको सट्टा पूर्वी क्षेत्रबाट पश्चिमी तटस्थित लाल सागरसम्म पाइपलाइनमार्फत तेल निर्यात गर्दै आएको छ । तर हुथीसँगको द्वन्द्व पुनः चर्किएमा लाल सागर हुँदै हुने समुद्री ढुवानी र तेल आपूर्तिमा समेत असर पर्न सक्ने विश्लेषण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण