ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
काठमाडाैँ। बेल्जियमको राजधानी ब्रसेल्सको केन्द्रमा रहेको एक निर्माणाधीन भवनमा मंगलबार आगलागी हुँदा कयौँ मानिसको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । सहरको केन्द्रमा अवस्थित ‘अक्सी टावर’ मा भएको उक्त आगलागीको कारण भने अझै खुल्न सकेको छैन।
अधिकारीहरूका अनुसार घटनामा कम्तीमा ६ जना मानिस अझै बेपत्ता छन्। आगोलाई द्रुत गतिमा नियन्त्रणमा लिइए पनि अग्नि नियन्त्रकहरू भवनभित्र पस्दा आगो लिफ्टको साफ्टसम्म फैलिएको पाइएको थियो, जहाँ दुई वटा लिफ्टहरू अड्किएका थिए।
अग्निनियन्त्रकहरूले एउटा लिफ्टको ढोका बलपूर्वक खोलेर हेर्दा त्यहाँ कयौँ शवहरू फेला पारेका छन्, तर मृतकको स्पष्ट सङ्ख्या अझै खुल्न नसकेको ब्रसेल्स श्रम अभियोजक कार्यालयका प्रवक्ता ब्रेख्त स्पेइब्रुकले जानकारी दिए। प्रवक्ता स्पेइब्रुकका अनुसार फेला परेका शवहरू बेपत्ता भएका भनिएका ६ जनाकै हुन सक्ने अनुमान गरिएको छ, तर अर्को लिफ्ट वा भवनका अन्य भागमा पनि थप मानिसहरू हुन सक्ने सम्भावना छ।
उनले आफ्नो टोली लिफ्टबाट शवहरू बाहिर निकाल्ने तयारीमा रहेको र यदि ती शवहरू बेपत्ता भएका ६ जनाको नभएको खण्डमा अर्को लिफ्टमा पनि खोजी गर्नुपर्ने बताए। भवन भित्र थुप्रिएको भग्नावशेषका कारण उद्धार कार्यका लागि परिस्थिति निकै कठिन रहेको र शव निकाल्न अझै केही घण्टा लाग्ने उनले थपे।
घटनापछि ब्रसेल्सका मेयर फिलिप क्लोजले अत्यन्तै कठिन परिस्थितिमा पनि उत्कृष्ट काम गरेको भन्दै आपत्कालीन उद्धार टोलीप्रति धन्यवाद व्यक्त गरे। बेल्जियमको सञ्चारमाध्यम आरटीबीएफका अनुसार प्रधानमन्त्री बार्ट दे वेभर र बेल्जियमका राजा फिलिप दिउँसो घटनास्थल पुगेका थिए।
स्थानीय सञ्चारमाध्यमहरूले जनाए अनुसार आगलागीमा परी गम्भीर रूपमा जलेका दुई जनालाई अस्पताल लगिएको छ भने उच्च तापक्रमको चपेटामा परेका एक अग्निनियन्त्रकको घटनास्थलमै उपचार गरिएको छ । आगलागी भएको अक्सी टावर हाल निर्माणाधीन अवस्थामा छ, जहाँ भविष्यमा फ्ल्याट, होटल, रेस्टुरेन्ट र बारहरू सञ्चालन गर्ने योजना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण