विश्वकपका सर्वोत्कृष्ट खेलाडी बने रोड्री, जिते गोल्डेन बल
सारांश
- स्पेनका स्टार मिडफिल्डर रोड्री फिफा विश्वकप २०२६ का सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
- प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेबापत उनले ‘गोल्डेन बल’ अवार्ड प्राप्त गरेका हुन्।
- स्पेनलाई विश्वकप उपाधिसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका रोड्रीले प्रतियोगिताभर टोलीको मिडफिल्ड सम्हाल्दै खेलको लय नियन्त्रण गरेका थिए।
काठमाडौं । स्पेनका स्टार मिडफिल्डर रोड्री फिफा विश्वकप २०२६ का सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेबापत उनले ‘गोल्डेन बल’ अवार्ड प्राप्त गरेका हुन्।
स्पेनलाई विश्वकप उपाधिसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका रोड्रीले प्रतियोगिताभर टोलीको मिडफिल्ड सम्हाल्दै खेलको लय नियन्त्रण गरेका थिए। आक्रमण र रक्षाबीच सन्तुलन कायम राख्दै उनले स्पेनको सफल यात्रामा निर्णायक योगदान दिएका थिए।
विश्वकपको सर्वोत्कृष्ट खेलाडीको अवार्डसँगै रोड्रीको उपलब्धिमा अर्को महत्वपूर्ण कीर्तिमान थपिएको छ। यसअघि उनले बेलोन डीुओर, यूईएफए च्याम्पियन्स लिग, चार प्रिमियर लिग उपाधि र युरो च्याम्पियनसिप जितिसकेका छन्। अब विश्वकप उपाधि र गोल्डेन बलसमेत जितेपछि उनको करियर थप ऐतिहासिक बनेको छ।
फुटबल विश्लेषकहरूले रोड्रीलाई वर्तमान पुस्ताका सर्वोत्कृष्ट मिडफिल्डरमध्ये एकका रूपमा मूल्यांकन गर्दै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण