मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पुँजी बजार, धितोपत्र तथा बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्रीले छलफल गर्ने

सोमबार, ०४ साउन २०८३, ११ : ११
सोमबार, ०४ साउन २०८३

सारांश

  • प्रधानमन्त्रीले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग विशेष छलफल गर्ने भएका छन् ।
  • सोमबार दिउँसो १२ बजे सिंहदरबारमा आयोजना हुने छलफलमा सेबोनका अध्यक्ष, नेप्सेका अध्यक्ष, स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष लगायतका व्यक्तिहरू सहभागी हुनेछन् ।
  • बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधार र राष्ट्रिय अर्थतन्त्रका विषयमा छलफल हुनेछ ।

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग विशेष छलफल गर्न भएका छन् ।

सोमबार दिउँसो १२ बजे  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने उक्त छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान सहभागी हुनेछन् । 

त्यस्तै, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ सहभागी हुँदैछन्। यस्तै प्रियाराज रेग्मी र अम्बिकाप्रसाद पौडेल पनि बैठकमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयासहरू र समग्र राष्ट्रिय अर्थतन्त्रका विभिन्न समसामयिक विषयहरूमा केन्द्रित रहेर सरोकारवालाहरूसँग छलफल हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप