बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
नेपालगञ्ज । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँमा पूर्वसूचना प्रणाली जडान गरिएको छ । वन्यजन्तुको जोखिमबाट स्थानीयलाई जोगाउन कोहलपुर–१३ को खडगवार, राप्तीसोनारी–९ को महादेवपुर, राप्तीसोनारी–८ को बुचापुर तथा राप्तीसोनारी–२ को गोभारपुरमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको जेडिएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीले जानकारी दिए ।
उक्त प्रणालीले हात्ती, बाघ, चितुवा, निलगाईलगायत वन्यजन्तुको सम्भावित आक्रमणबारे समयमै सूचना दिई स्थानीयलाई सतर्क हुन सहयोग गर्ने उनले बताए । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले वन्यजन्तुको जोखिम न्यूनीकरणका लागि चार स्थानमा पूर्वसूचना प्रणाली जडान गरिएको जानकारी दिए । उनका अनुसार गत असारमा जिपिएस ट्रयाकिङ प्रणालीसमेत जडान गरिएको छ ।
उनले निकुञ्जबाट बस्ती सुरक्षित राख्न तारबार, मेषजाली, बाख्रासुधार तथा भकारो सुधारका कार्यक्रम सञ्चालन भइरहेको बताउँदै जिपिएस ट्र्याकिङ प्रणालीमार्फत निकुञ्जभित्र हुने गतिविधिबारे जानकारी प्राप्त गर्न सकिने उल्लेख गरे ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकले वर्षौंदेखि जङ्गली हात्तीलगायत वन्यजन्तुको आक्रमणबाट मानवीय तथा अन्नबालीमा क्षति बेहोर्दै आएका छन् । निकुञ्जसँग जोडिएका ओभरी, च्यामा, गोभारपुर र बुचापुर क्षेत्रमा हात्ती–मानव द्वन्द्व बारम्बार दोहोरिने समस्या रहेको छ ।
बुचापुर हात्तीसार केन्द्रका शालिग्राम यादवले गाउँमा हात्तीलगायत वन्यजन्तु पस्नेबित्तिकै साइरन बज्ने भएकाले स्थानीयले समयमै जानकारी पाएर आवश्यक सतर्कता अपनाउने गरेको बताए । यसले मानवीय क्षति हुन नदिन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।
बाँके राष्ट्रिय निकुञ्जमा ९ वटा जङ्गली हात्ती रहेका छन् । बस्ती सुरक्षित बनाउन तारबार गरिए पनि जङ्गलमा पर्याप्त आहार नपाउँदा हात्तीलगायत वन्यजन्तु बेला–बेलामा बस्तीमा प्रवेश गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण