बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
सारांश
- बाजुराको हिमाली गाउँपालिका-५ स्थित क्युडीमा सुदूरपश्चिम प्रदेश ०१-००१ ज १८७८ नम्बरको जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
- घाइतेमध्ये ४ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेको छ।
- प्रहरीका अनुसार जिप सडकबाट १० मिटर तल खसेको थियो।
काठमाडौँ । बाजुराको हिमाली गाउँपालिका–५ स्थित क्युडीमा जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा परेर ९ जना व्यक्तिहरू घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । क्युडीस्थित कुवाडी–क्युडी कच्ची सड्क खण्डमा सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८७८ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परेर जिप चालक हिमाली गाउँपालिका–२ नातीखोला घर भएका २५ वर्षीय जनवीर बुढा पनि घाइते भएका छन् । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार घाइते हुनेमा हिमाली गाउँपालिका बस्ने ४० वर्षीय धर्मलाल बुढा, ३१ वर्षीया मिजरा बुढा, हुम्ला घर भएका ४० वर्षीय अम्मर सिंह बुढा, बाजुराको हिमाली गाउँपालिका–२ घर भएकी २० वर्षीया अस्मिता थापा, २८ वर्षीय जंगसिंह बुढा, २० वर्षीय गोरख रोकाया, २७ वर्षीय लोकेन्द्र बुढा र ९ वर्षीया सुस्मा बुढा छन् ।
घाइतेमध्ये ४ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य छ । जिप सडकबाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण