मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो

मङ्गलबार, ०५ साउन २०८३, ०० : १३
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • धान रोपाइँलाई रासायनिक मल आपूर्ति भइरहेको छ ।
  • विराटनगर भन्सारमा २५० मेट्रिकटन डिएपी मल आइपुगेको छ ।
  • थप ५०० मेट्रिकटन डिएपी मल र ३० हजार मेट्रिकटन युरिया मल आउँदैछ ।

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर भइरहेको जनाएको छ ।

मन्त्रालयका अनुसार सोमबार २५० मेट्रिकटन डिएपी मल विराटनगर भन्सार आइपुगेको छ । यस्तै, एक हजार, २५० मेट्रिकटन डिएपी बोकेको अर्को रेल र्‍याक मङ्गलबार रक्सौल आइपुग्नेछ ।

यस्तै, कोलकाताबाट थप दुई हजार ५०० मेट्रिकटन डिएपी बोकेको अर्को रेल र्‍याक पनि नेपालतर्फ प्रस्थान गरिसकेको कृषि मन्त्री गीता चौधरीले जानकारी दिइन् । उनका अनुसार ३० हजार मेट्रिकटन युरिया मल ढुवानीको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप