मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

दुई फर्मलाई विभागको जरिवाना

मङ्गलबार, ०५ साउन २०८३, ०१ : ४८
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • विभागले दुई फर्मलाई जरिवाना गरेको छ।
  • इभ कलेक्सनलाई रु १० हजार र स्टोर अमिसालाई रु पाँच हजार जरिवाना गरिएको छ।
  • आठ फर्मलाई सुधारात्मक निर्देशन दिइएको छ।

काठमाडौँ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई कारबाही गरेको छ ।

स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि महालक्ष्मी नगरपालिका–२ इमाडोलमा रहेको इभ कलेक्सनलाई रु १० हजार जरिवाना गरिएको विभागले जनाएको छ ।

यस्तै, काठमाडौँ महानगरपालिका–३२ सुविधानगरमा रहेको स्टोर अमिसालाई रु पाँच हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ती फर्मलाई कारबाही गरिएको हो ।

विभागले सोमबार १० वटा फर्ममा अनुगमन गरेको थियो । त्यसमध्ये आठ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अधिकारकर्मीसहितको उपस्थितिमा विभागले नियमित अनुगमन गरेको उल्लेख गरेको छ ।

व्यावसायिक फर्महरूको अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले स्पष्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप