ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
सारांश
- प्रहरीले ललितपुरको नख्खु क्षेत्रबाट २ किलो ७९३ ग्राम लागुऔषध 'पोल्याड'सहित मकवानपुरका तीर्थ बहादुर ठोकरलाई पक्राउ गरेको छ।
- गोप्य सूचनाको आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले ठोकरलाई लागुऔषध बिक्री वितरण गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।
- ठोकरको साथबाट लागुऔषध, डिजिटल तराजु बरामद गरिएको छ र प्रहरीले ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।
ललितपुर । ललितपुरको नख्खु क्षेत्रबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध 'पोल्याड'सहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार नख्खु फूलबारी मार्गबाट २८ वर्षीय एक युवकलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका-५ घर भई हाल ललितपुर महानगरपालिका(२५ नख्खु बस्ने २८ वर्षीय तीर्थ बहादुर ठोकर रहेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, सो क्षेत्रमा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा साउन ३ गते बेलुका करिब ७:३० बजे प्रहरी वृत्त सातदोबाटोबाट सादा पोशाकमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
ठोकरको साथबाट प्रहरीले प्लास्टिकसहित २ किलो ७९३ ग्राम पोल्याड जस्तो देखिने लागुऔषध र तौल गर्न प्रयोग गरिने एक थान डिजिटल तराजु बरामद गरेको छ।
पक्राउ परेका ठोकरमाथि जिल्ला प्रहरी परिसर ललितपुरले अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण