पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
सारांश
- अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डी पाउलले विश्वकपको फाइनलमा स्पेनसँगको हारमा दुःख व्यक्त गरेका छन् ।
- उनले आलोचकहरूले आधारहीन षड्यन्त्रका सिद्धान्तहरू फैलाएर टोलीको हारको पर्खाइमा रहेको आरोप लगाएका छन् ।
- डी पाउलले आफू अर्जेन्टिनी भएकोमा गर्व व्यक्त गर्दै खेलाडीहरूको मुस्कान र व्यवहारले आलोचकहरूलाई असर गरेको बताएका छन् ।
ब्युनोस आयर्स । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग हार बेहोरेपछि अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डी पाउलले चार वर्षअघि कतारमा जितेको उपाधि रक्षा गर्न नसकेकोमा दुःख व्यक्त गरेका छन् ।
उनले यो नतिजाले टोलीलाई अझ एकताबद्ध बनाएको दाबी गरेका हुन् ।
न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको फाइनलमा इन्टर मियामीका मिडफिल्डर डी पाउलले ७० मिनेट खेलेका थिए, त्यसपछि उनको ठाउँमा एथ्लेटिको म्याड्रिडका जुलियानो सिमेओने मैदान छिरेका थिए।
सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा लामो पोस्ट लेख्दै डी पाउलले भनेका छन्, ‘फेरि एकपटक त्यो अनुभूति गर्न कसैले पाउनुपर्थ्यो भने त्यो तपाईँहरू हुनुहुन्थ्यो, त्यसैले देशमा विश्वकप फिर्ता लैजान नसक्नु नै सबैभन्दा ठूलो पीडा हो।’
समय बित्दै जाँदा यो टोलीसँग मानिसहरूको सम्बन्ध ट्रफीभन्दा धेरै माथि छ भन्ने महसुस हुन थालेको र आफू यसै भावनालाई समातेर अघि बढ्न चाहेको उनले उल्लेख गरे।
यसैक्रममा डी पाउलले अर्जेन्टिनाका आलोचकहरूमाथि कडा प्रहार गरेका छन्। लियोनेल मेस्सीको नेतृत्वमा रहेको टोलीको हार हेर्न धेरै मानिसहरू पर्खिरहेको उनले औँल्याएका छन्।
आलोचकहरूतर्फ लक्षित गर्दै डी पाउलले लेखेका छन्, ‘हामीले महसुस गरिरहेको खुसी अनुभव गर्न नसकेको पीडा कम गर्न पूरै विश्वकपभर आधारहीन षड्यन्त्रका सिद्धान्तहरू फैलाएर धेरै मानिसहरू यो हारको पर्खाइमा थिए।’
उनीहरूलाई अर्जेन्टिनी खेलाडीहरूको मुस्कान र व्यवहारले असर परेको भन्दै उनले थपेका छन्, ‘तर यसले हाम्रो जर्सीप्रतिको जुनसुकै भावना र मायाले जेसुकै कुरालाई पनि जित्न सक्छ भन्ने कुरालाई पुनः पुष्टि गरेको छ।’
हारको पीडा लामो समयसम्म रहने भए पनि आफू अर्जेन्टिनी हुनुमा गर्व गर्ने उनले बताएका छन्। उनले थपेका छन्, ‘यसले लामो समयसम्म दुखाइरहनेछ, तर आज पहिलेभन्दा बढी मलाई अर्जेन्टिनी हुनुमा गर्व छ।’
प्रतियोगिताभर अर्जेन्टिनाका पक्षमा विवादित निर्णयहरू भएकाले फिफाले उसलाई सघाएको आरोप लागेको थियो। स्पेनविरुद्धको खेलमा अर्जेन्टिनाले एउटा पनि अन-टार्गेट सट हान्न नसकेपछि ती आरोपहरू साम्य भएका छन्।
अर्जेन्टिना १० खेलाडीमा सीमित भएको खेलको अतिरिक्त समयमा फेरान टोरेसले निर्णायक गोल गर्दै स्पेनलाई १-० को जित दिलाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण