शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन

बिहीबार, ०७ साउन २०८३, १४ : १८
बिहीबार, ०७ साउन २०८३

सारांश

  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभागको स्थलगत अनुगमन गरी नयाँ बजेट कार्यान्वयन र राजस्व लक्ष्य प्राप्तिको तयारीबारे जानकारी लिएका छन्।
  • अर्थमन्त्री वाग्ले र अर्थसचिव उपाध्यायले विभाग र मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
  • आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको संरचना, कर सङ्कलन लक्ष्य र तयारीबारे प्रस्तुतीकरण गरेका थिए।

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन्। बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएका हुन् ।

कार्यक्रममा अर्थमन्त्री डा‍‍.वाग्ले र अर्थसचिव उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

सो अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको साङ्गठनिक संरचना,कर सङ्कलनको लक्ष्य र तयारीबारे प्रस्तुतीकरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप