एमबीएसको प्रश्नपत्र चुहावट गरेको आरोपमा २ जना पक्राउ
सारांश
- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको पहलमा एमबीएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा २ जना प्रहरी नियन्त्रणमा परेका छन् ।
- प्रश्नपत्र बाहिरिएको समाचार आएपछि मन्त्री पोखरेलले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग छलफल गरी निर्देशन दिएका थिए ।
- पक्राउ परेका व्यक्तिले परीक्षा सुरु भएको ५ मिनेटमै 'एमबीएस फ्रस्ट सेम सेक्सन सी' नामको ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र सार्वजनिक गरेका थिए ।
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको विशेष पहलपछि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
प्रश्नपत्र बाहिरिएको समाचार आएपछि मन्त्री पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग गएराति नै छलफल गरी सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । लगत्तै प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्तिलाई प्रहरीले बिहान नियन्त्रणमा लिएको थियो । प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आरोपित व्यक्तिलाई नियन्त्रणमालिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ । उक्त घटनाका सम्बन्धमा मन्त्री पोखरेलले शनिबार राति मन्त्रालयमै गएर सम्बन्धित अधिकारीसँग छलफल गरेका थिए । उनले प्रहरी उच्च अधिकारीका साथै त्रिविका पदाधिकारीसँग परामर्श गरी छानबिन समिति बनाउने लगायत कायममा रातभरजसो खटेका थिए ।
पक्राउ गरिएका व्यक्तिले सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गरेका थिए । ‘एमबीएस फ्रस्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमा परीक्षा सुरू भएको ५ मिनेटमै पठाइएको खुलेको प्रहरीले जनाएको छ ।
साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्न पत्र बाहिरिएको थियो । केही मिनेटमै सामाजिक सञ्जालमार्फत बाहिरिएको भन्दै फेसबुक पेज ’टियु स्टुडेन्ट्स’ले त्रिविको ध्यानाकर्षण गराएको थियो । उक्त पेजले त्यही ह्वाट्सएप ग्रुपका स्क्रिनसटकहरू समेत सार्वजनिक गरेको थियो ।
प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डीनको कार्यालयले साइबर ब्युरोलाई पत्राचार गरेको थियो । परीक्षा नियन्त्रण महाशाखाले आइतबार यही घटनाको छानबिन गर्नका लागि छानबिन समितिसमेत गठन गरेको छ ।
प्राडा अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने परीक्षा संचालक समितिले निर्णय गरेको हो ।
अनुगमन निर्देशनालयका उप निर्देशक सह प्रा।डा पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सह प्राडा महेशराज ओझालाई सदस्यको तोकिएको छ । उक्त समितिलाई छानबिन गरी सत्यतथ्य निरूपण गरी सात कार्यदिन भित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली नेकपाका सचेतक भन्छन् : एमालेसँगको सहकार्य सहज तरिकाले अघि बढ्ला जस्तो लाग्दैन
-
'हामीलाई अपराधी बनाइयो, माग पूरा नभए श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया ठप्प पार्छौँ'
-
‘अम्लेखगञ्ज–रक्सौल रेल्वे र चिनी मिलको जग्गा सरकारी जमिनमा बस्नेहरूलाई वितरण गर्न सकिन्छ’
-
डलर साटिदिने भन्दै लुटपाट गरेको आरोपमा ४ जना पक्राउ
-
सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन
-
नारायणी नदी तटबन्ध निर्माणले समात्यो गति, चार वर्षपछि अन्तिम चरणमा आयोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण