राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट
सोमबार, ११ साउन २०८३, १३ : २६
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेबीच शीतल निवासमा समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको छ ।
- आङ्देम्बेले देशका विभिन्न स्थानमा गएको बाढी पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाबारे राष्ट्रपति पौडेललाई जानकारी गराए ।
- राष्ट्रपति पौडेलले राजनीतिक स्थिरताको आवश्यकता औँल्याउँदै कानुन निर्माणमा संसद्को प्रभावकारिता बढाउनुपर्ने र बाढी पहिरो प्रभावितको उद्धारमा समन्वय आवश्यक रहेको बताए ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । सोमबार बिहान शीतल निवासमा करिब एक घण्टा पौडेलसँग आङ्देम्बेले भेटवार्ता गरेका हुन् ।
भेटमा समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ । यसबाहेक आङ्देम्बेले देशका विभिन्न स्थानमा गएको बाढी पहिरोको, प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।
सो क्रममा राष्ट्रपति पौडेलले राजनीतिक स्थिरताको आवश्यकता औँल्याउँदै कानुन निर्माणमा संसद्को प्रभावकारिता बढाउनुपर्नेमा जोड दिएका थिए ।
यस्तै, बाढी पहिरो प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा सबै पक्षबिच समन्वय र सहयोग आवश्यक रहेको राष्ट्रपति पौडेलले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण