नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
सारांश
- निर्देशक क्रिस्टोफर नोलनको फिल्म ‘द ओडिसी’को लिक भएको प्रतिलिपि सामाजिक सञ्जाल एक्समा २० लाखभन्दा बढी पटक हेरिएको छ।
- उच्च गुणस्तरको फिल्म एक्समा पोस्ट गरिएको अढाई घण्टामा २१ लाख पटक हेरिएको थियो, जसलाई फिल्म निर्माण कम्पनी युनिभर्सलले तुरुन्तै हटाउने प्रक्रिया सुरु गरेको छ।
- यस लिकले फिल्मको बक्स अफिस सङ्कलनमा खासै असर नगरेको र हालसम्म विश्वभरबाट ६४ करोड डलर कमाइ गरेको छ।
न्युयोर्क । निर्देशक क्रिस्टोफर नोलन मानिसहरूले आफ्नो फिल्म ‘द ओडिसी’ सकेसम्म ठूलो पर्दामा हेरून् भन्ने चाहन्छन्।
तर यसै साताको अन्त्यमा फिल्मको लिक भएको प्रतिलिपि सामाजिक सञ्जालमा २० लाखभन्दा बढी मानिसले हेरेको पाइएको छ।
शनिबार एक्समा पोस्ट गरिएको उच्च गुणस्तरको फिल्मलाई एकाउन्ट निलम्बित हुनुअघि अढाई घण्टामा २१ लाख पटक हेरिएको चलचित्रसम्बन्धी पत्रिका ‘भेराइटी’ ले जनाएको छ। ‘नोलनले चाहेजस्तै एउटै ट्विटमा पूरै द ओडिसी फिल्म,’ एक प्रयोगकर्ताले ठट्टा गर्दै लेखेका छन्।
नोलनले तीन घण्टा लामो यो पूरै फिल्म विशाल आइम्याक्स पर्दाका लागि ७० एमएम फिल्ममा छायाङ्कन गरेका थिए। ‘एक्समा राखिएको एउटै भिडियोमा पूरै द ओडिसी फिल्म, अचम्म लाग्यो,’ एक्सका अर्का प्रयोगकर्ताले लेखेका छन्। अर्का एक प्रयोगकर्ताले भने, ‘कसैले द ओडिसी फिल्म एचडीमा लिक गरिदिएछ। मैले सुरुमा नक्कली होला ठानेको थिएँ तर यो त साँचो रहेछ।’
हलिउड रिपोर्टरका अनुसार आइतबार एक्समा तुलनात्मक रूपमा कम गुणस्तरको अर्को संस्करण पनि देखिएको थियो। करिब ५० हजार पटक हेरिएपछि दुई घण्टामै उक्त भिडियो हटाइएको थियो।
यस घटनाप्रति प्रतिक्रिया दिँदै फिल्म निर्माण कम्पनी युनिभर्सलले भनेको छ, ‘हामीलाई फिल्मको अनधिकृत पोस्टिङबारे जानकारी प्राप्त हुनासाथ तुरुन्तै हटाउने प्रक्रिया सुरु गर्यौँ। हामी प्रतिलिपि अधिकार उल्लङ्घनलाई गम्भीरताका साथ लिन्छौँ र आफ्ना सामग्री तथा बौद्धिक सम्पत्तिको संरक्षणका लागि आवश्यक कदम चाल्नेछौँ।’
यो लिकले फिल्मको बक्स अफिस सङ्कलनमा खासै ठूलो असर पार्ने सम्भावना भने देखिएको छैन। प्रदर्शनको दोस्रो साताको अन्तसम्ममा फिल्मले विश्वभरबाट २१ करोड ५० लाख डलर कमाएको छ। यससँगै फिल्मको कुल कमाइ ६४ करोड डलर पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण