महाराष्ट्रका मुख्यमन्त्रीसँग नेपाली प्रतिनिधिमण्डलको भेट
सारांश
- सांसद सन्दीप रानाको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलले भारतको महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग शिष्टाचार भेटवार्ता गरेको छ।
- भेटमा लुम्बिनी प्रदेशसभा सदस्य नीमा गिरी, संविधानसभा सदस्य अमरसिंह पुन र उत्तर भारत क्षेत्रका पूर्वअध्यक्ष सुनिता जिसी कुँवर सहभागी थिए।
- नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने र विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
बुटवल । भारतको महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग सांसद सन्दीप रानाको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ। सोमबार सो प्रतिनिधिमण्डलले मुख्यमन्त्री फडणवीससँग मुम्बईस्थित वर्षा बङ्गलामा शिष्टाचार भेट गरेको हो ।
भेटमा लुम्बिनी प्रदेशसभा सदस्य नीमा गिरी, संविधानसभा सदस्य अमरसिंह पुन र उत्तर भारत क्षेत्रका पूर्वअध्यक्ष सुनिता जिसी कुँवर सहभागी थिए।
भेटपछि मुख्यमन्त्री फडणवीसले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले नेपाल र भारत बिचको सम्बन्ध साझा इतिहास, संस्कृति र आपसी विश्वासमा आधारित गहिरो मित्रताले जोडिएको उल्लेख गरे।
भेटवार्तामा दुई देशबिचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा साझा प्रगति र समृद्धिका लागि विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको फडणवीसले बताएको लुम्बिनी प्रदेशसभा सदस्य निमा गरिले बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको डीआईजीमा शेखर खनाल
-
थप गरिएका परिषद् रजिस्ट्रारका उम्मेदवारको अन्तर्वार्ता लिइएन
-
बागमतीमा सत्ता समीकरणको रस्साकस्सी : राप्रपा र हानेपा तान्ने कसरत तीव्र
-
सुनसरी घटना : यी हुन् जिम्मेवारी खाेसिएका सुरक्षा अधिकारीहरू
-
नेपालबाटै मोरक्कोको भिसा प्रक्रिया सुरु, भारत धाउनुपर्ने बाध्यता हट्यो
-
चेन्नईमा किन रोकियो विजयको ‘जन नायकन’को प्रदर्शन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण