सुनसरी घटना : साम्प्रदायिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति
सारांश
- सुनसरीको देवानगञ्जमा भएको घटनापछि तनाव नियन्त्रण र साम्प्रदायिक भड्काव रोक्न सर्वपक्षीय बैठकले विशेष पहल गर्ने निर्णय गरेको छ ।
- प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार देवानगञ्ज र कप्तानगञ्ज क्षेत्रको अवस्था नियन्त्रणमा छ, तर लौकी र भोक्राहा क्षेत्रमा राजमार्ग अवरुद्ध गर्ने प्रयास भइरहेको छ ।
- हालसम्म एक जनाको मात्रै मृत्यु भएको र स्थिति सामान्य बनाउन प्रहरी टोली परिचालन गरिएको छ ।
विराटनगर । सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न तनाव नियन्त्रण गर्न र साम्प्रदायिक भड्काव रोक्न सर्वपक्षीय बैठकले विशेष पहल गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेबेले सो क्षेत्रको सुरक्षा स्थिति हाल पूर्ण नियन्त्रणमा रहेको जानकारी दिए । थेबेका अनुसार सोमबारको सर्वपक्षीय बैठकमा सहभागी सबै राजनीतिक दल तथा सरोकारवालाहरूले आ–आफ्नो ठाउँबाट साम्प्रदायिक हिंसा र तनाव रोकथामका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाए । ‘बैठकले सबैले आफ्नो ठाउँबाट यो साम्प्रदायिक भड्किने खालका कुराहरूलाई नियन्त्रण गर्न, रोकथाम गर्न अहिलेबाट आफ्नो पक्षबाट लागि पर्ने भन्ने निर्णय भएको छ,’ थेबेले भने ।
जिल्ला सुरक्षा समितिको निरन्तर बैठक बसिरहेको र समग्र जिल्लाको सुरक्षा व्यवस्था ‘कमान्ड र कन्ट्रोल’ भित्रै रहेको उनले बताए । ‘जिल्ला सुरक्षा समितिको बैठक त बसिराछ, कमान्ड कन्ट्रोलमै छ । देवानगञ्ज र कप्तानगञ्जको अवस्था ठीक छ, नर्मल नै छ । अलिअलि हाइवेमा लौकी, भोक्राहातिर चाहिँ बन्द गरिराख्या छन्, सडक जाम छ, त्यही छ,’ थेबेले भने ।
देवानगञ्ज र कप्तानगञ्ज क्षेत्रको अवस्था नियन्त्रणमा भए पनि लौकी र भोक्राहा क्षेत्रका केही स्थानमा सानातिना समूह भेला भई राजमार्ग अवरुद्ध गर्ने प्रयास भइरहेको प्रहरी प्रमुख थेबेले बताए ।
आज कुनै नयाँ अप्रिय घटना वा थप मानवीय क्षति नभएको र स्थिति सामान्य बनाउन प्रहरी टोली परिचालन गरिएको छ । घटनामा हालसम्म एक जनाको मात्रै मृत्यु भएको र थप अप्रिय विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको डीआईजीमा शेखर खनाल
-
थप गरिएका परिषद् रजिस्ट्रारका उम्मेदवारको अन्तर्वार्ता लिइएन
-
बागमतीमा सत्ता समीकरणको रस्साकस्सी : राप्रपा र हानेपा तान्ने कसरत तीव्र
-
सुनसरी घटना : यी हुन् जिम्मेवारी खाेसिएका सुरक्षा अधिकारीहरू
-
नेपालबाटै मोरक्कोको भिसा प्रक्रिया सुरु, भारत धाउनुपर्ने बाध्यता हट्यो
-
चेन्नईमा किन रोकियो विजयको ‘जन नायकन’को प्रदर्शन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण