यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
सारांश
- यातायात व्यवस्था विभाग र बागमती प्रदेशको श्रम तथा यातायात मन्त्रालयले सर्भर अद्यावधिक गर्दा लामो समय सेवा ठप्प भएको छ ।
- नयाँ प्रणालीमा डाटाबेस सार्ने र प्राविधिक कार्यहरू सम्पन्न नहुन्जेलसम्मका लागि सेवा स्थगित गरिएको छ ।
- सेवाग्राहीमा परेको असुविधाप्रति विभाग र मन्त्रालयले क्षमा याचना गरेका छन् तर सेवा कहिले सुचारु हुने भन्ने निश्चित छैन ।
काठमाडौँ । यातायात व्यवस्था विभाग र बागमती प्रदेशको श्रम तथा यातायात मन्त्रालयले सर्भर अद्यावधिक गर्दा लामो समय सेवा प्रभावित भएको छ । यातायात व्यवस्था विभागले गत साउन ४ गते एक सूचना जारी गर्दै प्रदेश सरकारहरूले तोकेको नयाँ करका दरहरू प्रणालीमा प्रविष्ट गर्न र डाटाबेस माइग्रेसनका लागि भन्दै साउन ८ गतेसम्मका लागि अति आवश्यक बाहेकका सबै सेवा बन्द गरेको थियो ।
तर, त्यसको केही दिन लगतै बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले साउन ११ गते अर्को सूचना जारी गर्दै सेवा सुचारु हुन अझै केही समय लाग्ने जनाएको छ ।
बागमती प्रदेशले नयाँ प्रणालीमा डाटाबेस सार्ने र प्राविधिक कार्यहरू सम्पन्न नहुन्जेलसम्मका लागि सेवा स्थगित गरेको छ । यसरी पटक–पटक सेवा अवरुद्ध हुँदा सवारी साधन नवीकरण तथा दर्ता प्रक्रियामा उपभोक्तालाई सास्ती भएको गुनासो गरेका छन् ।
विभाग र मन्त्रालयले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेका छन् । तर सेवा कहिलेदेखि पूर्ण रूपमा सुचारु हुन्छ भन्ने निश्चित समय तोकिएको छैन ।
सरकारी प्रणालीको सुस्तता र प्राविधिक कमजोरीका कारण आम सर्वसाधारणलाई समस्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीसीटीभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
-
विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने
-
नागढुङ्गा सुरुङमार्ग उद्घाटन : पुरानो पुस्ताको आँखामा विकासको खुसी
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण