विप्लव भन्छन्– गोली र दमनले जनता होइन सत्ता ढाल्छ
सोमबार, ११ साउन २०८३, २२ : ०५
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सत्तासँग सावधानी र समस्या समाधान गर्ने क्षमता भन्दा गोली र बल धेरै भएको टिप्पणी गरेका छन्। उनले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो टिप्पणी गरेका हुन्।
उनले लेखेका छन्,‘उसले गोली,जेल र दमनलाई समाधान ठान्छ। सुनसरीमा मात्र होइन सुकुमबासी, मिटरब्याज पीडित, गणेश नेपाली लगायतका घटनामा यो प्रस्ट देखियो।’
बल, गोली र दमनले जनतालाई नभई सत्तासीन र सत्तालाई ढाल्ने समेत विप्लवले बताए।
उनले समयमै दोषीलाई कारबाही, पीडितलाई न्याय र समस्याको न्यायपूर्ण समाधान गर्न आग्रह समेत गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
-
ललितपुरमा एसओएस बालग्रामको जिप दुर्घटनाः चालकको मृत्यु, पाँच जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण