मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
वीरगञ्ज घटनाको विरोध

भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा

सोमबार, ११ साउन २०८३, २३ : ४१
सोमबार, ११ साउन २०८३

सारांश

  • स्वास्थ्यकर्मीहरूमाथि हुने दुव्र्यवहार र कुटपिटका घटनाहरूको विरोधमा नेपाल चिकित्सक संघले भोलि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा ओपिडी सेवा बन्द गर्ने घोषणा गरेको छ ।
  • संघले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने अधिकारको माग गर्दै हिंसाविरुद्ध 'शून्य सहनशीलता' को नीति अपनाउन आग्रह गरेको छ ।
  • नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा यो आन्दोलन आह्वान गरिएको हो ।

काठमाडौँ । स्वास्थ्यकर्मीहरूमाथि हुने दुर्व्यवहार र कुटपिटका घटनाहरूको विरोध गर्दै नेपाल चिकित्सक संघले भोलि देशभरीका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा ओपिडी  सेवा बन्द गर्ने घोषणा गरेको छ । 

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने अधिकारको माग गर्दै संघले हिंसाविरुद्ध ‘शून्य सहनशीलता’ को नीति अपनाउन आग्रह गरेको छ।  ‘सम्मानले निको पार्छ, हिंसाले चोट पुर्‍याउँछ’ भन्ने सन्देश दिँदै स्वास्थ्य क्षेत्रलाई भयरहित र सुरक्षित बनाउनका लागि दबाब दिन यो विरोध कार्यक्रम आह्वान गरिएको संघका केन्द्रीय सदस्य डा.राकेश शाहले रातोपाटीलाई जानकारी दिए ।

doctors notice

नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका हुन् । यसैबिच स्वास्थ्यकर्मीहरूलाई निलम्बन गरिएको घटना सन्दर्भमा भोली दुई बजे संघको कार्यालयमा बैठक डाकिएको  छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप