संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
सारांश
- सभामुख डीपी अर्याल र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक र सचेतकबिचको छलफल सकिएको छ ।
- आगामी साउन १४ गतेबाट बस्ने प्रतिनिधि सभा बैठकलाई मर्यादित र अनुशासित ढङ्गले अघि बढाउने विषयमा छलफल भएको छ ।
- संसद् बैठक दसैँको मुखसम्मै चल्ने पनि बताइएको छ ।
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डीपी अर्याल र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक र सचेतकबिचको छलफल सकिएको छ ।
मङ्गलबार दिउँसो सिंहदरबारमा भएको छलफलमा आगामी साउन १४ गतेबाट बस्ने प्रतिनिधि सभा बैठकलाई मर्यादित बनाउने विषयमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले जानकारी दिइन् ।
‘आगामी साउन १४ गतेबाट बस्ने संसद् बैठकलाई मर्यादित र अनुशासित ढङ्गले अघि बढाउने विषयमा छलफल भयो’, सचेतक धितालले भनिन्, ‘प्रधानमन्त्रीको संसद्मा उपस्थितिबारे प्रतिपक्षले उठाएका प्रश्नका बारेमा पनि हामी छलफलमा छौँ,छलफल सकारात्मक भइरहेका छन् ।’
साथै उनले सरकारले कानुनहरू बनाउन प्रशस्त विधेयकको तयारी गरिरहेकाले बिजनेस अभाव नहुनेमा आफू विश्वस्त रहेको बताइन् ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का प्रमुख सचेतक युवराज दुलालले पनि प्रतिनिधि सभा बैठक मर्यादित ढङ्गले सञ्चालन गर्ने विषयमा छलफल भएको बताए । उनले साउन १४ बाट संसद् बैठक चल्ने भए पनि विधेयकहरू नआएकोबारे सभामुखको ध्यानाकर्षण गराएको बताए ।
रास्वपा प्रमुख सचेतक प्रकाशचन्द्र परियारले संसद्लाई प्रभावकारी बनाउँदै जनताका सवाल र विधेयकमाथि संसद्मा कसरी बृहत्तर छलफल गर्ने विषयमा छलफल भएको बताए ।
‘संसद्को कामकारबाही, बिजनेस चुस्त बनाउनेबारेमा छलफल भएको छ’, परियारले भने, ‘संसद्लाई कामयाबी र परिणाममुखी बनाउन तयार दिने सन्देश दिने बैठकको मूल मर्म हो ।’
परियारले संसद् बैठक दसैँको मुखसम्मै चल्ने पनि बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
-
झापाबाट खैरो हेरोइन सहित भारतीय युवक पक्राउ
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण