फोर्ब्स सूचीः सलमानलाई पछार्दै अक्षय बने संसारको सबैभन्दा धेरै कमाउने अभिनेताको सातौं स्थानमा, शाहरुख ‘आउट’
संसारको सबैभन्दा धेरै कमाउने अभिनेताको सूचीमा अक्षय कुमारले सलमान खानलाई पछारेका छन् । अक्षय ४.०६ करोड डलर वार्षिक कमाईसहित सातौं स्थानमा छन् । यता सलमान भने वार्षिक ३.८५ करोड डलर कमाईसहित नवौं स्थानमा छन् । फोर्ब्सले विश्वको सबैभन्दा धेरै कमाउने अभिनेताको सूची बुधबार जारी गरेको छ । यो सूचीमा गत वर्ष सलमान ९ औं स्थानमा थिए भने अक्षय १० औं स्थानमा थिए ।
सन् २०१७ को सूचीमा शाहरुख खान पनि ८ औं स्थानमा थिए तर यसपटक भने उनी बाहिरिएका छ्रन् ।
फोर्ब्सले जारी गरेको संसारको सबैभन्दा धेरै कमाउने अभिनेताको सूची यस्तो छ ।
१०. क्रिस इभान्स – ३४ मिलियन डलर
९. सलमान खान – ३८.५ मिलियन डलर
८. एडम स्यान्डलर – ३९.६ मिलियन डलर
७. अक्षय कुमार – ४०.५ मिलियन डलर
६. विल स्मिथ – ४२ मिलियन डलर
५. ज्याकी चान – ४५.५ मिलियन डलर
४. क्रिस हेम्सवर्थ – ६४.५ मिलियन डलर
३. रोबर्ट डाउनी जुनियर – ८१ मिलियन डलर
२. ड्वेन ‘द रक’ जनसन – १२४ मिलियन डलर
१. जर्ज क्लूनी – २३९ मिलियन डलर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण