बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

रिनासँग सम्बन्धविच्छेदपछि कसरी भयो किरणसँग भेट ? पहिलो पटक बोले आमिर खान

आइतबार, १० भदौ २०७५, १२ : ०२
आइतबार, १० भदौ २०७५

बलिउडका मिस्टर पर्फेक्शनिष्ट भनिने आमिर खान आफ्नो नीजि जीवनबारे खासै कुरा गर्दैनन् । तर उनको जीवनलाई नियालेर हेर्ने हो भने उनको जीवनमा थुप्रै उतार चढाव आए । बालसखा रिनासँग विवाह र त्यसको १६ वर्षपछि सम्बन्धविच्छेद । सम्बन्धविच्छेद भएको तीन वर्षपछि आमिरको जीवनको किरण रावको आगमन भयो ।

यी सबै कुराबारे आमिर खानले त्यति मन खोलेका छैनन् । तर चीनियाँ मिडियासँगको अन्तर्वार्तामा आमिरले किरण र रिनाबारे कुराकानी गरेका छन् ।

किरणसँग कसरी भयो भेट ?

किरणसँगको भेटबारे आमिरले भने, ‘किरणसँग मेरो भेट फिल्म लगानका बेला भएको थियो । त्यतिबेला किरण मेरा लागि मेरो टिमको एक सदस्य मात्र थिइन् । उनी त्यतिबेला सहायक निर्देशक थिइन् । रिनासँगको सम्बन्धविच्छेद पनि किरणसँग भेट भइरह्यो त्यतिबेला पनि हाम्रो खासै कुरा हुँदैनथ्यो । उनी मेरो राम्रो साथीको सूचीमा पनि समावेश थिइनन् । तर एकदिन उनको फोन आयो, त्यतिबेला म आफ्नो सम्बन्धविच्छेदको स्थिती वा भनूँ ट्रमाको अवस्थाबाट गुज्रिरहेको थिएँ ।’

आमिरले थपे, ‘त्यतिबेला मैले किरणको फोन उठाएँ र उनीसँग आधा घण्टासम्म कुरा गरेँ । किरणसँग कुरा गरेपछि मलाई खुसी लाग्यो । मैले आफूभित्र जागृत भएको खुसीलाई महसुस गरें । त्यसपछि मैले उनीबिना जीवन सोच्न नसक्ने पनि महसुस गरें । मलाई किरणको सबैभन्दा मन परेको कुरा उनी निकै स्ट्रंग महिला हुन् । मैले उनीसँगको सम्बन्धलाई नाम दिएँ र त्यसपछि उनीसँग विवाह गरें ।’

पूर्व पत्नी रिनाबारे बोले आमिरः

आमिरले पूर्व श्रीमती रिनाबारे पनि कुरा गर्दै भने, ‘उनी निकै स्ट्रंग छिन् । मलाई स्ट्रंग मान्छेहरु निकै मनपर्छ । रिना निकै राम्रो व्यक्तित्व भएकी महिला हुन् । धेरै पटक लामो सम्बन्ध टिक्दैन । सम्बन्ध टुटेपनि मलाई उनको धेरै माया लाग्छ र  उनको निकै इज्जत गर्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप