बलिउड कलाकारको रक्षाबन्धनको सबैभन्दा सुन्दर तस्बिर
बलिउड कलाकारले आफ्ना दाइ भाइसँग रक्षाबन्धन मनाइरहेका विभिन्न तस्बिर सोसल मिडियामा सेयर गरेका छन् । यी मध्ये हामी तपाईंलाई बलिउडबाट यो वर्ष रक्षाबन्धनको सबैभन्दा सुन्दर तस्बिर देखाउँदैछौं ।
भाइ तैमुरलाई टिका लगाउँदै गरेको यो तस्बिर साराले आफ्नो इन्टाग्राममा सेयर गरेकी छिन् ।

स्मरण रहोस्, सारा सैफ अली खानकी पूर्व श्रीमती अमृता सिंहकी छोरी हुन् भने तैमुर करिनाका छोरा हुन् । सारा निकै चाँडै ‘सिम्बा’ र ‘केदारनाथ’ सहित बलिउडमा इन्ट्रि हुँदैछिन् ।

इनायाले पनि तैमुरलाई राखी लगाइदिइन्ः
करिनाका छोरा तैमुरलाई सोहा अली खानकी छोरी इनाया खेमुले पनि राखी लगाइदिइन् ।


अलियाले यशलाई राखी लगाइदिइन्ः
करण जोहरले यो तस्बिर आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् जसमा आलिया भट्टले उनका छोरा यशलाई राखी लगाइरहेको देख्न सकिन्छ । स्मरण रहोस्, करण आलियालाई आफ्नी छोरी मान्छन् ।

अबरामसँग सुहानाले सेयर गरिन् तस्बिरः
शाहरुख खानकी छोरी सुहानाले रक्षा बन्धनको मौकामा भाइ अबरामसँगको यो फोटो सेयर गरेकी छिन् ।

इनायाले दाइलाई लगाइदिइन् राखीः
सोहाकी छोरी इनायाले सेफका जेठो छोरा इब्राहिमलाई पनि राखी लगाइदिएकी छिन् ।

सारा अली खानले इब्राहिमलाई बाँधिन् राखीः
सेफ अली खानकी छोरी सारा अली खान र छोरा इब्राहिमले पनि यसरी रक्षाबन्धन मनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण